Shittalpati
तानसेनको टुुँडिखेलमा पाल्पा गोल्ड कफ फुटबल हुँदै

कृष्ण पोखरेल
पाल्पा, जिल्लाको तानसेनस्थित टुँडिखेल मैदानमा पाल्पा गोल्ड कफ फुुटबल हुने भएको छ । जेष्ठ १२ देखि २७ गतेसम्म राष्ट्रियस्तरको कर्णेल उजीर सिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा पाल्पा, रुपन्देही, नवलपरासी, कपिलवस्तु, बाके, स्याङ्गजा, कास्की, चितवन र काठमाडौका गरी १६ टिमहरुको सहभागिता रहने छ । पाल्पामा ३३ बर्षपछि फुटवल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३ लाख, ट्रफी मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमलाई नगद १ लाख ५० हजार, ट्रफी मेडल र प्रमाणपत्र, प्रत्येक दिनको म्यान अफ दि म्याचलाई नगद ३ हजार र उत्कृष्ट गोल रक्षक, डिफेण्डर, सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्तालाई नगद ६ हजार प्रदान गरिने आयोजक पाल्पा फुटबल संघले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । संघले प्रतियोगिताको मुख्य प्रायोजकको लागि ७ लाख, सह–प्रायोजकका लागि ४ लाख र व्यानर १५ दररेट तोकेको छ । प्रतियोगिताको लागि एन्फाबाट आर्थिक रुपमा सहयोग नपाए पनि विभिन्न व्यक्ति, क्लव तथा स्थानीय निकायबाट सहयोग जुटाएको फुटबल संघ पाल्पाका अध्यक्ष प्रणय विरजंग राणाले बताए । प्रतियोगिता सम्पन्न गर्नको लागि ५१ सदस्यीय मुल आयोजक समिति, ८ वटा विभिन्न उप–समितिहरु गठन गरिएका छन् । प्रतियोगोतिमा १३ बर्षसम्मको बालवालिकालाई निःशुल्क, अस्थायी प्याराफिटमा बस्ने दर्शकलाई ७० रुपैयाँ, ग्राण्डमा बस्ने दर्शकलाई ५० रुपैयाँ, जेष्ठ नागरीकहरुलाई पचाँस प्रतिशत छुट, प्रतियोगिता भरीको लागि २ हजार ५ सय रुपैयाँ टिकटको व्यवस्था मिलाएको संघका अध्यक्ष राणाले जानकारी दिए । पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दिपक घिमिरेले जिल्लाामा राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन हुनुु गौरवको विषय भएको बताए । प्रतियोगिता सफल बनाउन संस्थागत र व्यक्तिगत रुपमा पूर्ण सहयोग रहने बताउदै उपाध्यक्ष घिमिरेले नगद २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा अध्यक्ष रेखीराम रानाले प्रतियोगिताले सुस्ताउँदै गएको अर्थतन्त्रमा सुधार हुने, पाल्पामा खेलकुद पर्यटनको विकास हुने बताए । प्रतियोगितालाई प्रचार–प्रसार गरेर पत्रकारहरुले पूूर्ण रुपमा सहयोग गर्ने अध्यक्ष रेखीराम रानाले बताए । कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष उत्तम बज्राचार्य, नेपाल खेलकुद पत्रकार मञ्च पाल्पाका अध्यक्ष माधव अर्याल, नेपाल प्रेस युनियन पाल्पाका अध्यक्ष मन गहिरे लगायतले लामो समयपछि पाल्पा गोल्डकप हुने सबैको लागि खुसीको कुरा भएको बताए । कार्यक्रममा प्रेस चौतारी पाल्पाका सचिव नारायाण न्यौपाने, प्रेस सेन्टरका कोषाध्यक्ष कमल अधिकारी, पाल्पा काठमाडौं सम्पर्क मञ्चका पूूर्व अध्यक्ष पदम न्यौपाने, पत्रकार कृष्ण पोखरेल, अनिल लिगल लगायतले प्रतियोगिताका कारण पाल्पाको फुटबल फष्टाउदै जाने बताए । संघका अध्यक्ष प्रणय विरजंग राणाको अध्यक्षता, उपाध्यक्ष मनोल लिगलको स्वागत, सञ्चार उपसमितिका संयोजक करण चित्रकारको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update