Shittalpati
तानसेनमा ३३ वर्षपछि राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुँदै

कृष्ण पोखरेल
पाल्पा, पाल्पाको तानसेनमा ३३ वर्षपछि राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुन लागेको छ । २०४७ मा शहिद स्मृति रनिङ्ग शिल्ड प्रतियोगिता भए पनि त्यस यता प्रतियोगिता हुन सकेको थिएनन् । ०४७ साल अघि तानसेनमा मणिमुकुुन्द गोल्ड कप हुने गर्दथ्यो । यो खेल २०३५ देखि २०४२ सम्म सञ्चालन भएपनि त्यस यता हुुन नसकेको पाल्पा फुटबल संघका अध्यक्ष प्रणय विरजंग राणाले बताए । उनका अनुसार करिब ५ वर्षसम्म मणिमुकुन्द गोल्ड कप रोकिएको थियो । त्यसपछि शहिद स्मृति रनिङ्ग शिल्ड भएको हो । त्यस यता भने प्रतियोगिता हुन नसकेको संघका अध्यक्ष राणाले बताए । आर्थिक स्रोत अभावले लामो समय राष्ट्रियस्तरका खेल हुन नसकेको उनको भनाई छ । अहिले आएर पाल्पा फुटबल संघले पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता गर्न लागेको छ । फुटबल खेललाई राष्ट्रियस्तरसम्म पुर्‍याउने उद्देश्यले जेठ १२ देखि २७ गतेसम्म राष्ट्रियस्तरको कर्णेल उजी सिंह पाल्पा गोल्ड कप फुटबल प्रतियोगिता हुन लागेको हो । जिल्लाको तानसेनस्थित टुँडिखेल मैदानमा प्रतियोगिता हुनेछ ।

सोमबार फुटबल संघले प्रतियोगिताको बारेमा जानकारी गराएको छ । प्रतियोगितामा पाल्पा, रुपन्देही, नवलपरासी, कपिलवस्तु, बाके, स्याङ्जा, कास्की, चितवन र काठमाडांैका गरी १६ टिमहरुको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३ लाख, ट्रफी मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमलाई नगद १ लाख ५० हजार, ट्रफी मेडल र प्रमाणपत्र, प्रत्येक दिनको म्यान अफ दि म्याचलाई नगद ३ हजार र उत्कृष्ट गोल रक्षक, डिफेण्डर, सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्तालाई नगद ६ हजार प्रदान गरिने संघले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । संघले प्रतियोगिताको मुख्य प्रायोजकको लागि ७ लाख, सह–प्रायोजकका लागि ४ लाख र व्यानर १५ दररेट तोकेको छ । प्रतियोगिताको लागि एन्फाबाट आर्थिक रुपमा सहयोग नपाए पनि विभिन्न व्यक्ति, क्लव तथा स्थानीय निकायबाट सहयोग जुटाएको संघका अध्यक्ष राणाले बताए । प्रतियोगिता सम्पन्न गर्नको लागि ५१ सदस्यीय मुल आयोजक समिति, ८ वटा विभिन्न उप–समितिहरु गठन गरिएका छन् । प्रतियोगोतिमा १३ बर्षसम्मको बालवालिकालाई निःशुल्क, अस्थायी प्याराफिटमा बस्ने दर्शकलाई ७० रुपैयाँ, ग्राण्डमा बस्ने दर्शकलाई ५० रुपैयाँ, जेष्ठ नागरीकहरुलाई पचाँस प्रतिशत छुट, प्रतियोगिता भरीको लागि २ हजार ५ सय रुपैयाँ टिकटको व्यवस्था मिलाएको संघका अध्यक्ष राणाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दिपक घिमिरेले जिल्लाामा राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन हुनु गौरवको विषय भएको बताए । प्रतियोगिता सफल बनाउन संस्थागत र व्यक्तिगत रुपमा पूर्ण सहयोग रहने बताउँदै उपाध्यक्ष घिमिरेले नगद २५ हजार रुपैयाँ सहयोग गरेका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा अध्यक्ष रेखीराम रानाले प्रतियोगिताले सुस्ताउँदै गएको अर्थतन्त्रमा सुधार हुने, पाल्पामा खेलकुद पर्यटनको विकास हुने बताए । प्रतियोगितालाई प्रचार–प्रसार गरेर पत्रकारहरुले पूर्ण रुपमा सहयोग गर्ने अध्यक्ष रेखीराम रानाले बताए । कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष उत्तम बज्राचार्य, नेपाल खेलकुद पत्रकार मञ्च पाल्पाका अध्यक्ष माधव अर्याल, नेपाल प्रेस युनियन पाल्पाका अध्यक्ष मन गहिरे लगायतले लामो समयपछि पाल्पा गोल्डकप हुने सबैको लागि खुसीको कुरा भएको बताए ।

कार्यक्रममा प्रेस चौतारी पाल्पाका सचिव नारायाण न्यौपाने, प्रेस सेन्टरका कोषाध्यक्ष कमल अधिकारी, पाल्पा काठमाडौं सम्पर्क मञ्चका पूर्व अध्यक्ष पदम न्यौपाने, पत्रकार कृष्ण पोखरेल, अनिल लिगल लगायतले प्रतियोगिताका कारण पाल्पाको फुटबल फष्टाउँदै जाने बताए । संघका अध्यक्ष प्रणय विरजंग राणाको अध्यक्षता, उपाध्यक्ष मनोल लिगलको स्वागत, सञ्चार उपसमितिका संयोजक करण चित्रकारको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update