Shittalpati
जोखिम बाटो : रमिते ट्राफिक

तानसेन, तानसेनका मुख्य बजार आफैमा साँघुरा बाटोले गर्दा सवारी साधन आवत जावतमा समस्या छन् । स्कूल र कार्यालय समयमा कतिपय बाटोहरु अत्यान्तै नाजुक र दुर्घटना हुने खतराको अवस्थामा छन् तर सम्बन्धित निकाय मौन रहिरहन्छ ।

तानसेनको मुटु, शित्तलपाटी हुँदै ठाडो गल्ली उक्लने बाटो दिन प्रतिदिन खतराको घण्टी बजिरहको छ । विहान १० बजे र साझ ३ बजे पछि स्कुल र कार्यालय खुल्ने र छुट्ने समयमा यहाँ अत्यान्तै धेरै भीड हुने गर्छ । पानी परेको समयमा छ । आउँने जाने सवारी साधन उल्टने अनि अनियन्त्रित हुने कारणले गर्दा दुर्घटनाका खतराहरु रहिरहदा पनि ट्राफिकको ध्यान पुग्न सकेको छैन ।

तानसेन बजारका धेरैजसो सडकहरु अत्यान्तै साना भएका कारण आवत जावतमा समस्या भइरहेको छ । अनियन्त्रित पाकिङ्ग जस्ता समस्याहरुको विषयमा सरोकारवाला कसैले पनि वास्ता गरेका छैनन् । गुनासाका सम्बन्धमा जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लसंग सम्पर्क गर्दा, हामीले तानसेन बजारको यातायात व्यवस्थापनका लागि तानसेन नगरपालिकालाई पटक–पटक अनुरोध गर्दा पनि कुनै वास्ता नभएका कारण यो समस्या समाधान गर्न नसकिएको बताए । तानसेनका मेयर सन्तोषलाल श्रेष्ठसंग सम्पर्क गर्दा वोर्डहरु बनिरहेको र केही दिन भित्रै समस्याको समाधान हुने धारणा व्यक्त गरे । वोर्डको वहाना भएपनि जोखिम सडक प्रति ट्राफिक कार्यालयले वेवास्ता गरेको गुनासो व्याप्त छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update