विकास र समृद्धिका लागि श्रमिकको उचित सम्मान गरौं : सांसद राना
मंगलबार, वैशाख १९, २०८०
वालिङमा अनलाइनबाटै घर नक्सा पास
मंगलबार, वैशाख १९, २०८०
स्याङ्जाको वालिङ नगरपालिकाभित्रका नागरिकले घरको नक्सा पास गर्न नगरपालिका धाउनु नपर्ने भएको छ । सूचीकृत इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत अब अनलाइनबाटै घरको नक्सा पासको निवेदन दिन सकिने भएको छ । यसबाट सेवाग्राहीलाई सहज भएको छ ।
योजनाहरुको विषयमा छलफल
मंगलबार, वैशाख १९, २०८०
जिल्लाको रामपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नगरलाई आवश्यक योजनाहरुको विषयमा छलफल गरेको छ । लुम्बिनी प्रदेशका सांसद, नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षबिच सोमबार नगरपालिकामा छलफल भएको हो ।
शान्ति समाजले मनायो अन्तर्राष्ट्रिय श्रमिक दिवस
मंगलबार, वैशाख १९, २०८०
मानव अधिकार तथा शान्ति समाज पाल्पाले एक सय ३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । समाजले सोमबार तानसेनमा एक कार्यक्रमको आयोजना गरी श्रमिक दिवस मनाएको हो ।
कुमारी बैंकको संस्थापक शेयर लिलामीमा
मंगलबार, वैशाख १९, २०८०
कुमारी बैंक लिमिटेडले संस्थापक शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ । बैंकले १४ लाख ९० हजार कित्ता संस्थापक शेयर मंगलबारदेखि लिलामीमा ल्याएको हो ।
अप्ठ्यारोमा अर्थतन्त्र : दुर्घटना हुनबाट जोगाऊ
मंगलबार, वैशाख १९, २०८०
मुलुकको अर्थतन्त्र अहिले अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको छ । सरकारले समेत अर्थतन्त्र चुनौतीपूर्ण रहेको स्वीकार गरेको छ । राजश्व परिचालन लगायतमा देखिएको समस्याका कारण लक्ष्य अनुसार आर्थिक वृद्धि हुन सकिरहेको छैन । आर्थिक गतिविधिमा आएको सुस्तता र कोभिड–१९ पछि अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन गरिएका पहलहरुले साथर्कता पाउन सहिरहेको छैन ।
रैनादेवी छहरामा रुखबाट लडेर एकको मृत्यु
सोमबार, वैशाख १८, २०८०
जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३ छचुवामा काफलको रुखबाट लडेर एक किशोरको मृत्यु भएको छ । घर नजिकैको जंगलमा काफल टिप्न गएका छचुवाका १८ वर्षीय सूर्य कुमाल रुखबाट लडेर घाइते भएका थिए ।
दोस्रो त्रैमासिकसम्मको आर्थिक वृद्धिदर ऋणात्मक
सोमबार, वैशाख १८, २०८०
चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक अवधिसम्मको कूल गार्हस्थ्य उत्पादन (जिडीपी) वृद्धिदर ऋणात्मक देखिएको छ । चालू आवको बजेटमार्फत आठ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको नेपालले अर्धवार्षिक अवधिमा भने ऋणात्मक वृद्धिदर भोगेको हो ।
नेपाल र युएईको खेल आजका लागि स्थगित
सोमबार, वैशाख १८, २०८०
एसीसी मेन्स प्रिमियर लिग क्रिकेटमा नेपाल र युएईबीच फाइनल खेल वर्षाका कारण स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइलन खेल वर्षाका कारण प्रभावित बनेपछि भोलिका लागि सारिएको छ ।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदैं
सोमबार, वैशाख १८, २०८०
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो ।
लुम्बिनी प्रदेशमा मन्त्रीका आकांक्षी धेरै
सोमबार, वैशाख १८, २०८०
लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुने भएको छ । सत्ता गठबन्धन दलमा मन्त्रीका आकांक्षी धेरै भएपछि उनीहरूको व्यवस्थापनपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरी पुगेका छन् । उनले मंगलबार विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।
महिलालाई व्यावसायिक बनाउन बाख्रा उपहार
सोमबार, वैशाख १८, २०८०
तरकारी खेतीमा आवद्ध रहेकी पाल्पा रामपुरकी भगवती देवकोटाको दिनचर्या यतिबेला बाख्रापालनमा जोडिएको छ । रामपुर नगरपालिका–६ की उनले घरमा लगाएको तरकारी, अन्नबाली तथा फलफूल खेतीमा मलको व्यवस्थापन र आयआर्जनका निम्ति बाख्रापालन गरेकी हुन् ।
पाठ्यपुस्तक छपाइ सम्पन्न
आइतबार, वैशाख १७, २०८०
नेपाल सरकारले विद्यार्थी भर्ना अभियानसँगै सबै सामुदायिक विद्यालयमा सबै विद्यार्थीले सहजरुपमा निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने व्यवस्था मिलाइएकाले पाठ्यपुस्तक अभाव भएमा सूचना दिन आग्रह गरेको छ ।


