Shittalpati
तानसेनमा विश्व वातावरण दिवसमा सरसफाई  

पाल्पा, विश्व वातावरण दिवसको अवसरमा सोमबार तानसेनमा सरसफाइ गरिएको छ । पाल्पा प्यारागन बोडिङ्गमा अध्ययनरत विद्यार्थीहरूद्वारा गठित ग्रीन युथ क्लव, शिवालय टोलविकास संस्था र ग्रीन फर गुडमा आवद्ध अभियान्ताहरुलें विद्यालय, टोल क्षेत्र वरपर सरसफाइ गरेका हुन् । 

वातावरण र संरक्षणसँग सम्बन्धित प्लेकार्ड र ब्यानर बोकेका विद्यार्थी, शिक्षक र विभिन्न संस्थाहरुका व्यक्तिहरूले भगवटी टोलस्थित स्कूूलबाट शिवालय मन्दिर, आखाँ अस्पताल, शितलपाटी सम्मको सडक किनारमा फालिएका प्लास्टिकजन्य फोहोरहरू संकलन गर्दै परिक्रममा गरेका थिए । प्लास्टिकजन्य फोहोरका कारण वातावरणमा नकारात्मक प्रभाव पारेको भन्दै विद्यार्थीहरूले सचेतनामूलक प्रभातफेरि एवं सरसफाइ कार्यक्रम गरेको पाल्पा प्यारागनका प्रिन्सिपल गंगाबहादुर खत्रीले बताए । विद्यार्थीहरूलाई संरक्षण शिक्षा दिन सकेको खण्डमा समाज र देश परिवर्तन हुने भएकाले विश्व वातावरण दिवसको दिन समुदाय र अन्य संस्थाहरुसँगको सहकार्यमा विद्यार्थीहरुले सरसफाइ गरेको उनले बताए ।
 

प्रिसिन्सपल खत्रीले भने‘ विद्यार्थीहरूलाई पढाइको अतिरिक्त वातावरण संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने शिक्षा दिनुु पनि अहिलेको आवश्यकता हो, त्यसलाई हामीले महसुुस गरेका छौं ।’ सोही अवसरमा ग्रीन फर गुड तानसेन लेखिएका डष्टविनहरू टोलका विभिन्न ठाउँहरुमा राखिएको छ ।

 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update