Shittalpati
एकसाथ तीन चलचित्र प्रदर्शनमा
एकसाथ तीन चलचित्र प्रदर्शनमा आज एकसाथ तीन चलचित्र प्रदर्शनमा आएको छ । ‘प्रसाद २’, ‘नाई नभन्नु ल ६’ र ‘कैदीको पत्र’ वैशाख १५ मा प्रदर्शनमा आएका हुन् ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री र तीन मन्त्रीले लिए शपथ
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री र तीन मन्त्रीले लिए शपथ लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री र तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री र मन्त्रिपरिषद्का सदस्यलाई शपथ ग्रहण गराएका हुन् ।
टुँडिखेलमा पाल्पा महोत्सव सुरू
टुँडिखेलमा पाल्पा महोत्सव सुरू पाल्पाको तानसेनस्थित टुँडिखेलमा पाल्पा महोत्सव २०८० सुरु भएको छ । पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनामा ‘सम्मानित निजी क्षेत्रः समुन्नत नेपाल, हामी सबैको उत्सव, पाल्पा महोत्सव’ भन्ने मूल नाराका साथ १३ औं व्यापार महोत्सव ब्हिीबारदेखि सञ्चालन भएको हो । महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकालले उद्घाटन गरेका...
कैलाशनगर मिडियाद्वारा भित्तेपात्रो सार्वजनिक
कैलाशनगर मिडियाद्वारा भित्तेपात्रो सार्वजनिक कैलाशनगर मिडियाले नयाँ वर्ष २०८० को भित्तेपात्रो सार्वजनिक गरेको छ । बिहीबार तानसेनको भगवतीटोलमा रहेको मिडियाको प्रधान कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी नयाँ वर्षको भित्रेपात्रो सार्वजनिकसँगै शुुभकामना आदानप्रदान गरिएको हो ।
बगनासकालीमा भिरबाट लडेर एक पुरुषको मृत्यु
बगनासकालीमा भिरबाट लडेर एक पुरुषको मृत्यु जिल्लाको बगनासकाली गाउँपालिका–७ खहरेखोलाका एक पुुरुषको भिरबाट लडेर मृत्यु भएको छ । विहिबार विहान ३ बजे घरबाट उठेर हिडेका ४० वर्षीय केशवबहादुर बूढाथोकीको घर नजिकैको खहरेखोला भिरबाट लडेर मृत्यु भएको हो ।
तिनाउ खोलामा बेपत्ता किशोर मृत फेला
तिनाउ खोलामा बेपत्ता किशोर मृत फेला जिल्लाको तिनाउ गाउँपालिका–३ ड्यामसाइडस्थित तिनाउ खोलामा बुधबारदेखि वेपत्ता रहेका एक किशोर मृत फेला परेका छन् । पौडी खेल्ने क्रममा वेपत्ता भएका सिद्धार्थ नगरपालिका–८, गल्लामण्डिका १७ वर्षीय शिशिर उपाध्याय विहीबार सोही ठाउँमा मृत अवस्थामा फेला परेका हुन् ।
गुल्मीमा जीप दुर्घटनामा सहचालकको मृत्यु
गुल्मीमा जीप दुर्घटनामा सहचालकको मृत्यु गुल्मीको मालिका गाउँपालिका–२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु१च ९९११ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी नेपाली काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
सबैको उत्सव, पाल्पा महोत्सव, आजदेखि सुरू
सबैको उत्सव, पाल्पा महोत्सव, आजदेखि सुरू पाँच वर्षपछि फेरि पाल्पाको तानसेन उत्सवमय बन्दै छ । बच्चाबच्ची, बूढाबूढी, युवा र युवती, सबैको लागि पाल्पा महोत्सव उत्सवमय बन्ने छ । गाउँ–गाउँबाट मेला अवलोकनका लागि विभिन्न व्यक्तिहरुले समय मिलाएर आउँदैछन् । आजदेखि यहाँ फरक प्रकृतिको माहोल हुँदैछ ।
भिरकोटमा माटो परीक्षण ल्याब
भिरकोटमा माटो परीक्षण ल्याब स्याङ्जाको भिरकोटमा माटो परीक्षण प्रयोगशाला स्थापना गरी सेवा दिन थालिएको छ । भिरकोट नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा भिरकोट–२ मा माटो परीक्षण प्रयोगशाला स्थापना गरी सेवा दिन थालिएको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताए ।
लुम्बिनीमा डढेलोले वन सखाप, स्वास्थ्यमा खराब
लुम्बिनीमा डढेलोले वन सखाप, स्वास्थ्यमा खराब बुटवल उपमहानगरपालिका–१२ निवासी दीनानाथ पोखरेल बिहानी हिँडाइमा निस्कन्छन् । नियमित घरबाट करिब तीन किलोमिटर राजमार्ग उत्तरमा पर्ने जङ्गल छेउछाउको भित्री सडकमा बिहानी हिँडाइ गर्ने उनलाई आजभोलि केही असहज भएको बताउन्छन् ।
Weather Update