Shittalpati
पाल्पाको सत्यवतीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो, सबैको सनाखत 

पाल्पा,  पाल्पाको रैनादेवी छहरा गाउँपालिका –८ सत्यवती केवरेडाँडामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुुगेको छ । आइतबार साझाँ रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेनातर्फ जाँदै गरेको लु १ च ९०२४ नम्वरको जिप केवरेडाँडामा दुर्घटना हुुँदा मृत्यु हुनेको संख्या ५ पुगेको हो । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घटनास्थलमा ३ जना र उपचारका क्रममा २ जनाको मृत्यु भएको हो । मृतक पाँचै जनाको सनाखत भएको छ । मृत्यु हुनेहरुमा पाणिनी गाउँपालिका –१ पणेनाकी ५५ बर्षीया श्यामकला परियार, वडा नंं २ पोखराथोकका २६ बर्षीय चालक रमेश विक, सोही स्थानकै २५ बर्षीया सिता गौतम, सोही ठाउँकै २ बर्षीय संयोग गौतम र वडा नं १ का ४४ वर्षीय विजय पोखरेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताए । संयोग र विजयको उपचारका क्रममा मृत्युु भएको प्रहरीले जनाइएको छ । 

दुर्घटनामा १० जना घाईते भएका छन् । दुर्घटना हुनेमा पाणीनी गाउँपालिका –१ पणेनाका ६६ वर्षीय रामबहादुर विक, सोही ठाउँकै ५ वर्षीया पार्वती पोखरेल, सोही ठाउँका १० वर्षिय सोलिन परियार, वडा नंं २ पोखराथोकका ६ वर्षीय संयोग गौतम, गुल्मीको रुरु क्षेत्र गाउँपालिका बलेटक्सारका ९ वर्षीय सार्थक ज्ञवाली रहेका छन् । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल उपचार भईरहेको छ ।

 यस्तै अर्घाखाँची पाणेनी गाउँपालिका – १ पणेनीकाका ४० वर्षीय विजय हरी गौतमको बुटवलको चौराहा अस्पतालमा उपचार भईरहेको छ । यसैगरी अर्घाखाँची छत्रदेव गाउँपालिका –४ धरम्पानीका ७ वर्षीय समिर पाण्डे, सोही ठाउँकै १० वर्षीय अनुुप सोमरे, पाल्पाको तिनाउ गाउँपालिका –३ दोभानकी ३४ वर्षीया लक्ष्मी पोखरेल, निजकी ५ वर्षीया छोरी आर्या भण्डारी रहेका छन् । उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । 
दुर्घटना भएको बलेरो जिप रातो प्लेटको निजी सवारी साधन रहेको हो । सालझण्डी–अर्घाखाँची ढोरपाटन सडकमा अत्याधिक मात्रामा निजी प्रयोजनका सवारी साधनले नियमित रुपमा यात्रु तथा मालसमान बोक्दै आएका छन् । जिप अत्याधिक लोड भएकाले साघुरो बाटोमा लोड थाप्न नसकी व्याक भई दुर्घटना भएको हुन सक्ने बताइएको छ । जिप सडकबाट करीव ७० मिटर तल खसेकोे छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update