Shittalpati
पाल्पाको सत्यवतीमा जिप दुर्घटना : ३ को मृत्युु, १२ घाइते

कृष्ण पोखरेल
पाल्पा,
 पाल्पाको रैनादेवी छहरा गाउँपालिका– ८ सत्यवतीमा जिप दुर्घटना भएको छ । भर्खरै  रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेनातर्फ जाँदै गरेको लु १ च ९०२४ नम्वरको जिप सत्यवतीको केवरेछेडामा दुर्घटना भएको हो ।

 दुर्घटनामा परी ३ जना घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाईते भएको वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । घाईतेहरुलाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा उद्धार गरी उपचारको लागि बुटवलतर्फ पठाइएको वडा अध्यक्ष रानाले बताए । मृतकहरुको  पोष्टमार्टमको लागि बुटवलतर्फ पठाएको उनले बताए ।

मृतकको भने पहिचना खुुलेको छैन् । जिप अत्याधिक लोड भएकाले साघुरो बाटोमा लोड थाप्न नसकी व्याक भई दुर्घटना भएको हुन सक्ने बताइएको छ । जिप सडकबाट करीव ७० मिटर तल खसेकोे छ । घटनास्थमा ईलाका प्रहरी कार्यालय भुझुङ, प्रहरी चौकी बल्ढेङगढी र ईलाका प्रहरी कार्यालय सालझण्डीबाट प्रहरीहरु खटिकाएका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update