Shittalpati
अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

पाल्पा, आइतबार बसेकोे राष्ट्रिय सभाको बैठकमा प्रतिपक्ष दलहरूले संसद अवरोध गरेका छन् । प्रतिपक्षी दल नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद अवरोध गरेका हुन् । सांसदहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट असंवैधानिक ढंगले नागरिकता विधेयक प्रमाणिकरण गरेको भन्दै प्रतिनिधिसभामा नाराबाजी गरे । प्रतिपक्ष दल एमालेले राष्ट्रपतिको असंवैधानिक कदम खारेज गर भन्दै नाराबाजी गरेको थियो ।

प्रतिपक्षी दलले आफ्नो अडान कायम राखेपछि सभामुख देवराज घिमिरेले संसद बैठक स्थगित गरे । आइतबार स्थगित भएको राष्ट्रिय सभाको बैठक सोमबार एक बजेपछि बस्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा राष्ट्रघाती काम गरिएको भन्दै एमालेले सरकारको जवाफ मागेर बैठकमा अवरोध गरेपछि बैंठक स्थगित भएको हो ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update