Shittalpati
नागरिकता सम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश

काठमाडौं, सर्वोच्च अदालतले नागरिकता सम्बन्धी ऐन प्रमाणीकरणलाई तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

       न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासले आज उक्त ऐन तत्काल लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यान्वयन नगर्न आदेश गरेको छ । अदालतले दुवै पक्षसँग छलफल गरी बोलाएर आदेश गर्नेछ ।  –रासस

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update