Shittalpati
बुधबारदेखि मनसुन भित्रियो
बुधबारदेखि मनसुन भित्रियो नेपालमा यस वर्षको मनसुन बुधबारदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर समय जुन १३ तारिख भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उपभोक्ता ठगी गर्ने कारबाहीमा
उपभोक्ता ठगी गर्ने कारबाहीमा अब बुटवलमा कुनै व्यवसाय गर्ने व्यवसायीले गुणस्तर कायम नगरे र उपभोक्ताको हितलाई ध्यान नदिए कारबाहीमा पर्ने भएका छन् । कालाबजारी, खाद्य पदार्थमा मिसावट, म्याद नाघेको खाद्य तथा पेय पदार्थको बिक्री वितरण भएको गुनासो निरन्तर बढ्दै गएकाले उपमहानगरले अनुमगन गरी त्यस्ता व्यवसायीलाई कारबाही थालेको छ । 
प्रेस युनियन पाल्पाद्वारा प्रकाशित श्रमजीवीको अंक सार्वजनिकीकरण
प्रेस युनियन पाल्पाद्वारा प्रकाशित श्रमजीवीको अंक सार्वजनिकीकरण प्रजातान्त्रिक पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन पाल्पा शाखाद्वारा प्रकाशित श्रमजीवी बुलेटीनको अंक सार्जनिकीकरण गरिएको छ । युनियनले बुुधबार एक औपचारिक कार्यक्रमकाबिच बुलेटीनको वर्ष १०, अंक १ को सार्वजनिकीकरण गरेको हो ।
तानसेन–रानीमहल सडक भोलिदेखि असार १५ सम्म बन्द रहने
तानसेन–रानीमहल सडक भोलिदेखि असार १५ सम्म बन्द रहने तानसेनदेखि रानीमहलसम्म जोड्ने सडक भोलि बिहीबारदेखि असार १५ गतेसम्म पूर्ण रुपमा बन्द हुने भएको छ । तानसेन–रानीमहल सडक खण्डको अवलमा बाटो ढलान गर्ने काम चलिरहेकाले असार १५ सम्मका लागि सडक बन्द हुने भएको हो ।
पाल्पाबाटै सवारी लाइसेन्स परीक्षा आवेदन
पाल्पाबाटै सवारी लाइसेन्स परीक्षा आवेदन पाल्पामै पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षाको लागि आवेदन खुला गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले जेठ ३० गतेदेखि अनलाइन प्राणालीमार्फत मोटरसाइकल र स्कुटीको लाइसेन्सको लागि आवेदन खुला गरेको जनाएको छ ।
रामपुरमा युवा उद्यमीहरुबिच अन्तक्र्रिया
रामपुरमा युवा उद्यमीहरुबिच अन्तक्र्रिया रामपुर नगरपालिका र युवा स्वरोजगार व्याज अनुदानमा आवद्ध युवा उद्यमीहरुबिच अन्तक्र्रिया कार्यक्रम भएको छ । रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारी तथा पछौटेपन उन्मूलन समाज वेस नेपालको सहजिकरणमा सञ्चालित रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना कार्यक्रम अन्तर्गत व्याज अनुदानमा आवद्ध युवाहरुबिच अन्तक्र्रिया भएको हो ।
द्रुत प्रतिकार्य समिति र टोलीका लागि अभिमुखिकरण
द्रुत प्रतिकार्य समिति र टोलीका लागि अभिमुखिकरण स्थानीय स्तरमा रहेका द्रुत प्रतिकार्य समिति र टोलीका लागि एक दिने अभिमुखिकरण कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा रामपुर नगरपालिका भित्र रहेको दु्रत प्रतिकार्य समिति र टोलीका लागि अभिमुखिकरण प्रदान गरिएको हो ।
रामपुरमा भुस्याहा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण अभियान
रामपुरमा भुस्याहा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण अभियान जिल्लाको रामपुरमा  भुस्याहा कुकुरहरुको आतङ्क बढेपछि कुकुरहरुलाई बन्ध्याकरण गर्ने अभियान सञ्चालन गरिएको छ । भुस्याहा कुकुरबाट सर्न सक्ने प्राणघातक रेविज रोग नियन्त्रण तथा कुकुरको बढ्दो संख्या न्यूनिकरणका लागि रामपुरमा भुस्याहा कुकुरहरुको बन्ध्याकरण गर्ने अभियान सञ्चालन गरिएको हो ।
दादुराबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित
दादुराबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित दादुराको प्रकोपबाट १६ जिल्लाका  एक हजारभन्दा बढी बिरामी परेका छन् । स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनामा  दादुरा फैलिएको हो । 
यी हुन गीत संगीतमा उदायका गैरे
यी हुन गीत संगीतमा उदायका गैरे लोक संगीत क्षेत्रको चिरपरिचित नाम हो हुम गैरे । पाल्पाको निस्दी गाउँपालिका–५ मा पिता पूर्णबहादुर गैरे र स्वर्गीय माता कल्पना गैरेको सुपुत्रको रुपमा जन्मिएका गैरेलाई अत्यन्त कर्णप्रिय स्वरका रुपमा लोक गीतको क्षेत्रमा सबैले चिन्ने गर्दछन् । उनी गायक तथा सर्जक हुन् ।
कानुन नहुँदा सञ्चालनमा आएनन् लुम्बिनीका विद्युतीय सवारी
कानुन नहुँदा सञ्चालनमा आएनन् लुम्बिनीका विद्युतीय सवारी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदह लगायतका क्षेत्रमा सञ्चालन गर्ने गरी ल्याइएका विद्युतीय बस सञ्चालनमा अन्योलता देखिएको छ । बुद्धसँग सम्बन्धित यी क्षेत्रमा पर्यटक आवतजावतलाई सहज बनाउन दातृ निकायको अनुदानमा विद्युतीय सवारी ल्याइएको थियो ।
आज विश्व रक्तदाता दिवस मनाइदैं
आज विश्व रक्तदाता दिवस मनाइदैं आज विश्व रक्तदाता दिवस मनाइदैं छ । रक्तदान सम्बन्धी विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न हरेक बर्ष जून १४ का दिन यो दिवस मनाउन थालिएको हो ।
Weather Update