टुँडिखेलमा पाल्पा महोत्सव सुरू
शुक्रबार, वैशाख १५, २०८०

कैलाशनगर मिडियाद्वारा भित्तेपात्रो सार्वजनिक
बिहीबार, वैशाख १४, २०८०
कैलाशनगर मिडियाले नयाँ वर्ष २०८० को भित्तेपात्रो सार्वजनिक गरेको छ । बिहीबार तानसेनको भगवतीटोलमा रहेको मिडियाको प्रधान कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी नयाँ वर्षको भित्रेपात्रो सार्वजनिकसँगै शुुभकामना आदानप्रदान गरिएको हो ।

बगनासकालीमा भिरबाट लडेर एक पुरुषको मृत्यु
बिहीबार, वैशाख १४, २०८०
जिल्लाको बगनासकाली गाउँपालिका–७ खहरेखोलाका एक पुुरुषको भिरबाट लडेर मृत्यु भएको छ । विहिबार विहान ३ बजे घरबाट उठेर हिडेका ४० वर्षीय केशवबहादुर बूढाथोकीको घर नजिकैको खहरेखोला भिरबाट लडेर मृत्यु भएको हो ।

तिनाउ खोलामा बेपत्ता किशोर मृत फेला
बिहीबार, वैशाख १४, २०८०
जिल्लाको तिनाउ गाउँपालिका–३ ड्यामसाइडस्थित तिनाउ खोलामा बुधबारदेखि वेपत्ता रहेका एक किशोर मृत फेला परेका छन् । पौडी खेल्ने क्रममा वेपत्ता भएका सिद्धार्थ नगरपालिका–८, गल्लामण्डिका १७ वर्षीय शिशिर उपाध्याय विहीबार सोही ठाउँमा मृत अवस्थामा फेला परेका हुन् ।

गुल्मीमा जीप दुर्घटनामा सहचालकको मृत्यु
बिहीबार, वैशाख १४, २०८०
गुल्मीको मालिका गाउँपालिका–२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु१च ९९११ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी
बिहीबार, वैशाख १४, २०८०
नेपाली काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

सबैको उत्सव, पाल्पा महोत्सव, आजदेखि सुरू
बिहीबार, वैशाख १४, २०८०
पाँच वर्षपछि फेरि पाल्पाको तानसेन उत्सवमय बन्दै छ । बच्चाबच्ची, बूढाबूढी, युवा र युवती, सबैको लागि पाल्पा महोत्सव उत्सवमय बन्ने छ । गाउँ–गाउँबाट मेला अवलोकनका लागि विभिन्न व्यक्तिहरुले समय मिलाएर आउँदैछन् । आजदेखि यहाँ फरक प्रकृतिको माहोल हुँदैछ ।

भिरकोटमा माटो परीक्षण ल्याब
बिहीबार, वैशाख १४, २०८०
स्याङ्जाको भिरकोटमा माटो परीक्षण प्रयोगशाला स्थापना गरी सेवा दिन थालिएको छ । भिरकोट नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा भिरकोट–२ मा माटो परीक्षण प्रयोगशाला स्थापना गरी सेवा दिन थालिएको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताए ।

लुम्बिनीमा डढेलोले वन सखाप, स्वास्थ्यमा खराब
बुधबार, वैशाख १३, २०८०
बुटवल उपमहानगरपालिका–१२ निवासी दीनानाथ पोखरेल बिहानी हिँडाइमा निस्कन्छन् । नियमित घरबाट करिब तीन किलोमिटर राजमार्ग उत्तरमा पर्ने जङ्गल छेउछाउको भित्री सडकमा बिहानी हिँडाइ गर्ने उनलाई आजभोलि केही असहज भएको बताउन्छन् ।

बारा–२ मा यादव विजयी
बुधबार, वैशाख १३, २०८०
वैशाख १० गते सम्पन्न प्रतिनिधि सभाको उपनिर्वाचनमा बारा –२ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका यादवले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गरेका हुन् ।

तानसेनका थप ४ जनामा कोरोना देखियो
बुधबार, वैशाख १३, २०८०
तानसेनका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन परीक्षणमा यहाँका थप ४ जानमा कोरोना देखिएको हो ।

सिङ्गो गाउँ अधिग्रहणमा विस्थापित, ५० वर्षमा पनि विस्थापितको पीडा उस्तै
बुधबार, वैशाख १३, २०८०
लुम्बिनी विकास समितिले घरजग्गा अधिग्रहण गरेपछि रामलखन नटुवाको परिवार घरबारविहीन भयो । लुम्बिनी सांस्कृतिक नगरपालिका–३ बस्ने लोपोन्मुख नटुवा समुदायका उनले तत्कालीन पडरिया प्राथमिक विद्यालय अगाडि घर बनाउँदा पुनरावेदन अदालत बुटवलसम्म मुद्दा खेप्नुपर्यो । घरबारविहीन बनेकी छिमेकी दुर्गावती नटुवाले नजिकै रहेको कृषि विकास बैंकको जग्गा अगाडि सडक छेउमा छाएको झुप्रो लुम्बिनी...