Shittalpati
नवनियुक्त प्रधानन्यायाधीश कार्कीको सपथ
नवनियुक्त प्रधानन्यायाधीश कार्कीको सपथ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति भवनमा आज आयोजित समारोहमा उनले सपथ लिएका हुन् ।
चौरासी पूजा गर्न आर्थिक सहयोग
चौरासी पूजा गर्न आर्थिक सहयोग अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले ज्येष्ठ नागरिकलाई चौरासी पूजा गर्न आर्थिक सहयोग प्रदान गर्न सरुआत गरेको छ । आर्थिक अवस्था दयनीय भएर चौरासी पूजा गर्न नसक्ने ज्येष्ठ नागरिकलाई रु २५ हजार नगदसहित नगरपालिकाले सम्मानको थालनी गरेको हो । आर्थिक सहयोग पाएकामा ज्येष्ठ नागरिक खुसी भएका छन् ।
जिप दुर्घटनामा एकको मृत्यु
जिप दुर्घटनामा एकको मृत्यु दाङको तुलसीपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुरबाट रोल्पाका लागि छुटेको रा १ ज ५५६ नम्बरको जिप तुलसीपुर उपमहानगरपालिका –३ शिरखोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
रामपुरका सहकारीलाई सूूचना प्रणाली व्यवस्थापन तालिम
रामपुरका सहकारीलाई सूूचना प्रणाली व्यवस्थापन तालिम जिल्लाको रामपुरमा सहकारीको सुचना प्रणाली व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन भएको छ । नगर भित्र रहेका सहकारीहरुलाई सूूचना प्रविधित्री बनाउने र सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले ३ दिने तालिम सञ्चालन गरिएको हो ।
आज मगर जातिको भूमे पर्व
आज मगर जातिको भूमे पर्व मगर समुदायको प्रमुख चाड मध्ये भूमे (भुम्या) पर्व एक हो । मगर समुदायले यो पर्व आज धुमधामसँग मनाउँदै छन् । तीन दिनसम्म मनाइने यो पर्व भूमिको पूजा गरी नाचगान गरेर मनाउने गरिन्छ । मगर जातिले परापूर्वकालदेखि आफू बसेको ठाउँको भूमि र भूमि देवताको पूजा गर्ने प्रचलनलाई आफ्नो मुख्य चाडका रूपमा...
‘कफी किसान पाठशाला’ तालिमले किसान उत्साहित
‘कफी किसान पाठशाला’ तालिमले किसान उत्साहित गुल्मीको मालिका गाउँपालिका–८ ले यहाँको मर्भुमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘कफी किसान पाठशाला’ तालिम सञ्चालन गरेको छ । तालिम पाएपछि कफी किसानमा थप उत्साहित बनेका छन् । परियोजनामार्फत जिल्लामा कफीको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले मर्भुङ्गमा १५ हप्तासम्म प्राङ्गारिक कफी किसान पाठशाला सञ्चालन गरिएको थियो ।
नेकपा ब्युँताउने बहस : कति सम्भव ?
नेकपा ब्युँताउने बहस : कति सम्भव ? नेपाली राजनीतिमा पुनः वाम एकताको बहस सुरु भएको छ । राजनीतिमा विभिन्न खेमामा विभाजित वाम घटकहरूबीच फेरि नेकपा ब्युँताएर वाम एकता गर्ने बहस सुरु भएको हो । नेपालका कम्युनिष्ट पार्टीहरु बिचको एकताको बहस बेला बेलामा आउँने गर्छ । यो पटक पनि पुरानै नेकपा ब्युँताउने चर्चा सुरु भएको छ । केही...
गर्मीले पश्चिमी मधेसको जनजीवन प्रभावित
गर्मीले पश्चिमी मधेसको जनजीवन प्रभावित रूपन्देहीको भैरहवा, लुम्बिनीलगायतका क्षेत्रमा तापक्रम ४३ डिग्री सेल्सियस पुग्दा यहाँको जनजीवन प्रभावित भएको छ । उच्च तापमान र बढ्दो गर्मीका कारण बजार सुनसान देखिएका छन् भने स्थानीयको दैनिकी प्रभावित बनेको छ । 
रामपुरमा निःशुल्क लोक सेवा आयोग तयारी कक्षा
रामपुरमा निःशुल्क लोक सेवा आयोग तयारी कक्षा जिल्लाको रामपुर एक महिने निःशुल्क लोकसेवा आयोग तयारी कक्षा भएको छ ।  लोक सेवा आयोगमा अभिरुची राख्ने र परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुको आवश्यकतालाई मध्यनजर गरी सञ्चालन गरिएको कार्यक्रम बुधबार एक कार्यक्रमका विच समापन गरिएको हो । 
रामपुर नगरपालिका पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा
रामपुर नगरपालिका पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा पाल्पाको रामपुर नगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ । पूर्णखोपको मात्रा छुटेका बालबालिकाहरुलाई खोप दिएसंगै नगरपालिकालाई बुधबार पूर्णखोप दिगोपना सुनिश्चित घोषणा गरिएको हो ।
रामपुरमा छुवाछुत तथा कुरिति विरुद्धको सचेतनामूलक कार्यक्रम 
रामपुरमा छुवाछुत तथा कुरिति विरुद्धको सचेतनामूलक कार्यक्रम  जिल्लाको रामपुरमा छुवाछुत तथा कुरिति विरुद्धको सचेतनामूलक कार्यक्रम भएको छ । रामपुर नगरपालिका वडा ९ जब्गादीमा रामपुर नगरपालिकाको लक्षित वर्ग तर्फको कार्यक्रम अन्तर्गत छुवाछुत र कुरिति सम्बन्धी प्रशिक्षण सहितको सचेतनामूलक कार्यक्रम भएको हो । 
Weather Update