Shittalpati
केयु ह्याकफेस्ट २०२३ को शितलपाटी  डट कम बन्यो मिडिया पार्टनर  

काभ्रे,काठमाण्डौं विश्व बिद्यालयका विद्यार्थीहरुले आयोजना गर्ने केयु ह्याकफेष्टको तेस्रो संस्करण २०२३ सेप्टेम्बर २९, ३० र अक्टोवर १  अर्थात असौज १२, १३ र १४ गते हुने भएको छ ।

काठमाण्डौं विश्वविद्यालय कम्प्युटर क्लबद्वारा आयोजित केयु ह्याफेस्ट नविनता र सहकार्यको सुनौलो संगम भएको कुरा आयोजकहरुले जनाएका छन् । पछिल्लो संस्करणमा २९ मुलुकका ६ सय भन्दा बढी प्रतिस्पर्धीहरुले भाग लिएका थिए । सो ह्याक्याथन लागि ६० भन्दा बढी नयाँ परियोजना निर्माण हुने हुँदा यो प्रतियोगिता नेपालका लागि अत्यान्तै उपयोगी हुने आयोजकहरुको भनाई छ ।

पछिल्ला संस्करणहरुको सफलतालाई अनुशरण गरेर यो प्रतियागिता यसपटक पनि हुन लागेको हो । काठमाडौं विश्वविद्यालयमा के यु ह्याकफेस्ट आयोजना हुनु र त्यो फेस्टीवलमा सूचना र प्रविधिको क्षेत्रमा भएका बिकासक्रमहरुका बिषयमा जानकारी दिने कार्यक्रम आफैमा नेपालको सूचना र प्रविधिको बिकासका लागि महत्वपूर्ण पक्ष भएको आयोजक काठमाण्डौ विश्व विद्यालयका कम्युटर साईन्स इन्जिनियरिंगका विद्यार्थी फेस्टीवलका संयोजक महिप अधिकारीले जानकारी दिए । 

केयु ह्याकफेस्ट एउटा ह्याक्याथन मात्र नभई असिम रचनात्मकता र नविनतम सूचना र प्रविधिका क्षेत्रमा भएका बिकास र सम्भावनाहरुका बिषयमा स्थलगत जानकारी दिने र लिने माध्यमका रुपमा बिकास गर्ने सोंचका साथ शुरु भएको हो । फेस्टीवलमा विभिन्न स्थानका आइटि डेभलपर, डिजाइनर, र प्रविधिउत्साहीहरुको ज्ञान र विचार साट्ने थलो भएको बताईएको छ । यो प्रतियोगिताको शित्तलपाटी डटकम मिडिया पार्टनरका रुपमा रहेको छ । 
     

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  २२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update