Shittalpati
दंशै–तिहारको बहार, यामाहाले ल्यायो उपहारै उपहार

पाल्पा,यामाहा मोटरसाईकल तथा स्कुटरको पाल्पाको लागि आधिकारिक विक्रेता ज्ञानेन्द्र अटो वक्र्सले दशंै–तिहार र छड पर्वको अवसरमा नयाँ तथा आकर्षक योजना ल्याएको छ । वक्र्सले आफ्ना गा्रहकहरुलाई लक्षित गरी चाडपर्व लक्षित उपहारै उपहारको योजना ल्याएको हो ।

योजना अनुसार यामाहा मोटरसाइकल वा स्कुटर खरिद गर्दा नगद, यामाहा ब्राण्डको ज्याकेटमा आइफोन १४ लिएर जापान घुम्न जान सकिने छ । यस्तै तत्कालै स्योर सट उपहारमा ६ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्ने जनाइएको छरु।  जहाँ मोटरसाइकल खरिदमा आठ हजारदेखि एक लाखसम्म र स्कुटर खरिदमा छ हजारदेखि एक लाखसम्म नगद जित्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै, लक्की ड्रमा हरेक दिन यामाहा ब्राण्डको ज्याकेट, हरेक हप्ता एकजनाले आइफोन १४ र प्रत्येक महिना एक जना भाग्यशाली ग्राहकले बम्पर उपहार स्वरुप जापान भ्रमण जाने सक्ने कम्पनीले जनाएको छ । यो योजना यामाहा बाइक तथा स्कुटरको खरिदमा लागू गरिएको वक्र्सका सेल्स म्यानेजर विवेककाजी शाक्यले बताए । उनले भने, ‘हामी सधैँ उपभोक्ताका लागि उत्साहजनक योजना तथा सेवाहरू उपलब्ध गराउन तत्पर रहन्छौँ । यसै सन्दर्भमा यसपटक वर्तमान सन्दर्भकै सबैभन्दा राम्रो उपहार योजना हामीले उपभोक्तासमक्ष पेस गरेका छौँ ।’ योजनाबाट उपभोक्ता लाभान्वित हुने विश्वास लिएको शाक्यले बताए । वक्र्सले योजनामा नगद उपहारसँगै आफ्ना ग्राकहरुका लागि विशेष सहुलियत समेत ल्याएको छ । उसले आफ्ना ग्राहकहरुका लागि फाइनान्स र एक्सेन्जको सुविधा ल्याएको पनि जनाएको छ । कुनै पनि कम्पनीको पुराना मोटरसाइकल वा स्कुटर लिएर आएमा यामाहाको नयाँ मोटरसाइकल तथा स्कुटर लैजान सक्ने व्यवस्था समेत वक्र्सले मिलाएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update