अझै केही दिन वर्षाको सम्भावना
बिहीबार, साउन ३२, २०८०
गाडी भाडा बढ्यो, पाल्पा–काठमाडौंको कति ?
बुधबार, साउन ३१, २०८०
यातायात व्यवस्था विभागले डिजेलको मूल्य बढेपछि अन्तरप्रदेश चल्ने सवारी साधनको भाडादर समायोजन गरेको छ । डिजेलको मूल्य प्रतिलिटर १४ रूपैयाँले बढेपछि विभागले अन्तरप्रदेश चल्ने सवारीको भाडा ४.७० प्रतिशतले बढाएर मूल्य समायोजन गरेको हो ।
देशभर डेङ्गु संक्रमण बढ्दै, सतर्कता अपनाउन आग्रह
मंगलबार, साउन ३०, २०८०
देशभरि डेङ्गुको संक्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेङ्गुको संक्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन् ।
माछापुच्छ्रे बैंकले ल्यायो ‘ट्याप एण्ड पे’ सेवा
मंगलबार, साउन ३०, २०८०
माछापुच्छ्रे बैंकले अफलाइन ‘टप एण्ड पे’ सेवा सुरु गरेको छ । उसले ईएमभी स्ट्याण्डर्डमा आधारित टोकनाइज प्रविधिको प्रयोग गरी मोबाइल बैंकिङ एप्लिकेसनमा कन्ट्याक्टलेस अफलाइन ‘टप एण्ड पे’ सेवा सुरु गरेको हो । टोकनाइजलाई विश्वमा नै सबैभन्दा बढी सुरक्षित र भरपर्दो प्रविधिको रुपमा लिने गरिन्छ ।
एमालेको अवरोधपछि संसद् स्थगित
सोमबार, साउन २९, २०८०
लगातार बैठक चल्न नदिएको प्रमुख प्रतिपक्षी एमालेले सोमबार पनि संसद् अवरोध गरेको छ । एक क्विन्टल सुन तस्करीको छानविन गर्नका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै आएको एमालेले संसद् चल्न दिएन । एमालेको अवरोधपछि बैठक स्थगित गरिएको छ ।
तानसेन करुवा टोलमा ढलान गरिएको गोरेटो बाटोमा डोजर लगाइयो
सोमबार, साउन २९, २०८०
तानसेन नगरपालिका–६ करुवा टोलमा ढलान गरिएको गोरेटो बाटोको केही भाग डोजर लगाएर भत्काइएको छ । सडक ढलान गर्दा आफ्नो जमिन अतिक्रमण गरी बनाएको भन्दै स्थानीय कृष्ण राना मगरले केही भाग डोजरको प्रयोग गरी भत्काएका हुन् ।
बुटवलमा मिडिया सम्मेलन हुँदै
सोमबार, साउन २९, २०८०
बुटवलमा राष्ट्रिय मिडिया सम्मेलन हुने भएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले एक दिने मिडिया सम्मेलन गर्न लागेको हो । संघले प्रदेशभित्र रहेका विभिन्न छापा माध्यम, रेडियो, टेलिभिजन तथा अनलाइन मिडियाहरुको संस्थागत विकास र व्यावसायिक एकरुपता कायम गर्न भदौ १ गते सम्मेलन गर्न लागेको छ ।
एकीकृत समाजवादी पाल्पाको अध्यक्षमा शाही
आइतबार, साउन २८, २०८०
,नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाको अध्यक्षमा अशोककुमार शाही चयन भएका छन् । पार्टी सचिवालयको विस्तारित बैठकले यस अघि रिक्त रहेको अध्यक्ष पदमा शाहीलाई चयन गरेको हो ।
आज दश अर्बको विकास ऋणपत्र बिक्री गरिँदै
आइतबार, साउन २८, २०८०
आज आन्तरिक ऋण उठाउने प्रयोजनका लागि १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री हुन लागेको छ । विकास ऋणपत्र २०८८ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि ८ वर्ष रहेको छ । उक्त विकास ऋणपत्र–२०८८ बोलकबोल माध्यमबाट बिक्री हुने भएको छ । सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र मार्फत ऋण उठाइदिन...
पाल्पामा डेंगीबाट बालिकाको मृत्यु
शुक्रबार, साउन २६, २०८०
डेंगी संक्रमणबाट पाल्पामा एक बालिकाको मृत्यु भएको छ । तानसनेनस्थित युनाइेट मिसन अस्पतालमा उपचाररत वालिङ नगरपालिका–११, आमडाँडाकी ११ महिनाकी बालिकाको संक्रमण डेंगी संक्रमणबाट मृत्यु भएको हो ।
लायन्स क्लव अफ पाल्पा विपनाले दियो बालबालिकालाई खेलकुद तथा शैक्षिक सामग्री
शुक्रबार, साउन २६, २०८०
लायन्स क्लव अफ पाल्पा विपनाले तानसेनस्थित बालमन्दिर प्राविका बालबालिकाहरुलाई खेलकुद तथा शैक्षिक सामग्री सहयोग गरेको छ । सेवा गर्ने उद्देश्य २०१९ जुलाई १४ मा स्थापना भएको क्लवले शुक्रबार एक औपचारिक कार्यक्रमका बिच सामग्री हस्तान्तरण गरेको हो ।
तानसेनमा लागुऔषधसहित एक जना पक्राउ
शुक्रबार, साउन २६, २०८०
जिल्लाको सदरमुकाम तानसेनमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । तानसेन नगरपालिका–२ नारायणस्थानस्थित एक घरमा डेरा गरी बस्दै आएका सर्लाहीको इश्वरपुर नगरपालिका –१२ स्थायी ठेगना बताउने २४ वर्षीय कमल कुमार खड्कालाई प्रहरी लागुऔषधसहित पक्राउ गरेको हो ।
सहकारीका व्यवस्थापकहरु गम्भीर बन्नुपर्नेमा जोड
शुक्रबार, साउन २६, २०८०
सहकारी तथा वित्तिय संस्थाका व्यवस्थापकहरु गम्भीर बन्नुपर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । जिल्ला सहकारी संघ पाल्पाले तानसेनमा जिल्ला भित्रका प्रारम्भिक सहकारी संस्थाका व्यवस्थापकहरुलाई संस्थाको सुशासन र सही व्यवस्थापनका लागि सञ्चालन गरेको अभिमूखीकरण कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।


