Shittalpati
रामपुरमा पहिरोले जेसीबी पुरिदा चालकको मृत्यु

पाल्पा, जिल्लाको रामपुरमा पहिरो खस्ता जेसीबी चालकको मेसिनसँगै पुरिएर मृत्यु भएको छ ।  आइतबार साँझ रामपुर नगरपालिका –१० मा बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडक खण्डमा माथिबाट खसेको सुख्खा पहिरोले  बा २ क १९५७ नम्बरको जेसीबी पुरिदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दाङ शान्तीनगर गाउँपालिका–.१ का ३० वर्षीय धनबिर खड्का रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सुगन्ध श्रेष्ठले जानकारी दिए । 

सडक मर्मतको काम गरिरहेको अवस्थामा माथिबाट अचानक सुक्खा पहिरो झरी जेसीबीसहित चालक पुरिन जाँदा चालक खड्का गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा सोमबार विहान युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update