Shittalpati
लुम्बिनी प्रदेशका अर्थमन्त्री सवार गाडी दुर्घटना

दाङ, लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटनामा परेको छ । तुलसीपुर उपमहानगरपालिका १३ को शितलपुरमा लु १ झ ७३८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।

पार्टीको कार्यक्रम सकेर अर्थमन्त्री मास्की मन्त्रालय फर्किदै गर्दा गाडी दुर्घटनामा परेको बताइएको छ । एक्कासी बच्चा सडकमा आएपछि बचाउने क्रममा गाडी सडकबाट हुत्तिएर झाडीमा पुगेर दुर्घटनामा परेको हो । गाडीमा सवार मन्त्री, स्वकीयसहित सबै जनालाई सामान्य चोट लागेको छ । सामान्य चोटपटक लागेको र जोखिम नरहेको दाङ प्रहरीले बताएको छ । 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update