Shittalpati
ढुङ्गाले लागेर घाईते भएका श्रेष्ठको निधन

पाल्पा, गत बुधबार जिल्लाको तिनाउ गाउँपालिका ३ नाग मन्दिर स्थित सिद्धार्थ राजमार्गमा ढुङ्गा खस्दा घाईते भएका रेसुङ्गा नगरपालिका ८ का ४८ वर्षका महेन्द्र प्रसाद श्रेष्ठ (बाबुकाजी)को मृत्यु भएको छ ।

तीन दिनदेखि आएको पानीका कारण सडक माथिबाट ढुङ्गा खसेर लाग्दा मोटसाईकल चालक श्रेष्ठ घाईते भएका थिए । घाइते उनको उपचारको क्रममा भरतपुर अस्पतालमा शुक्रबार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुटवलबाट गुल्मी तर्फ जाँदै गरेको लु १६ प.४६८६ नम्वरको मोटरसाईकल चलाएर आउदै गरेका श्रेष्ठलाई अकस्मात खसेको ढुङ्गाले लागेर घाईते भएका हुन । उनको प्रादेशीक अस्पताल बुटवलमा उपचार पछि चितवन अस्पताल लगिएको थियो । श्रेष्ठ नेपाली काँग्रेस गुल्मीका नेता समेत रहेका थिए । उनको निधनले गुल्मी काँग्रेसमा अतुलनीय क्षति पुगेको काँग्रेसले जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६  २०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update