सुष्मालाई बक्सिङमा रजत पदक
कला/संस्कृति/मनोरन्जन
लोक दोहोरी प्रतिष्ठान गुल्मीको अध्यक्षमा भट्टराई

गुल्मी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मीको अध्यक्षमा शिलु भट्टराई निर्विरोध निर्वाचित भएकी छन् । प्रतिष्ठानको सातौंं जिल्ला अधिवेशनले भट्टराईलाई अध्यक्षमा चयन गरेको हो ।
अधिवेशनले आगामी २ वर्षको लागि भट्टराईको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा मोहन बस्नेत, द्वितीय उपाध्यक्षमा श्रीधर पोखरेल, महिला उपाध्यक्षमा धनमाया राना, सचिव गणेश अधिकारी, सह–सचिव अनिल खत्री, कोषाध्यक्ष, लोकेन्द्र कँुवर, सह–कोषाध्यक्ष कमल कंडेल चयन भएको प्रतिष्ठानका पूर्व अध्यक्ष जनक पन्थले बताए । अधिवेशनले खेलकुद विभागको संयोजकमा सन्दिप जिसी, सांस्कृतिक संयोजकमा लालुमाया कुँँवर र प्रवक्ता सदस्य धनेद्र कुँवरलाई चयन गरेको छ । अधिवेशनको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजीले उद्घाटन गरेका थिए । अधिवेशनको अवसरमा राष्ट्रिय कलाकार पुस्कल शर्मा, नारायण विपी परियार, गणेश अधिकारी, उज्वल गिरि, रितु थापा, लालुमाया कँुवर लगायतका आदा दर्जन बढी कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
थप समाचार
Follow Us
View our latest news on any of these social networks!