Shittalpati
गीतकार केसीको ‘गुल्मेली हुम कर’ चर्चा बजारमा

गुल्मी, लोकप्रिय गायक एबम् गीतकार सन्तोष केसीको ‘गुल्मेली हुम कर’ गीत सार्वजनिक भएको छ । केहि दिन अघि सार्बजनिक भएको उक्त गीत यतिबेला सबैतिर चर्चामा रहेको छ । गीतमा पुरुषले महिलालाई घर कहाँ हो भनेर सोधेको र महिलाले ‘गुल्मेली हुम कर’ भन्ने कथा गीतमा रहेको छ । दुबै पक्ष बिच माया प्रमेका कथा वस्तुमा तयार गीतले सबै तिर चर्चा बटुल्न सफल भएको छ ।

लोकप्रिय गीतकार एबम् गायक सन्तोष केसीका दर्जनौं गीत अझैपनि लोकप्रिय मानिन्छन् । केसीको गीतमा माया प्रमेसँगै गुल्मी जिल्लालाई चिनाउन पनि खोजेका छन् । गुल्मी जिल्ला यस्तो जिल्ला हो जहाँ पर्यटकीय क्षेत्रले भरिपूर्ण क्षेत्र छन् । यस गीत मार्फत उनले गुल्मीलाई पनि थप परिचित गर्न खोजेका हुन् । ‘गुल्मेली हुम कर’ एल्बमको गीतमा केटाले मन पराएका कुराहरु समाबेश गरिएको छ । राम्री छैन् के मन पर्छ र भनेर केटीले सोधेका मीठा–मीठा शब्द भावमा गीत तयार गरिएको । माया प्रमेममा कथा वस्तुमा तयार गीत धेरैले मन पराउने आशा गरिएको छ । गीतमा गीतकार एवं गायक सन्तोष केसी र समीक्षा अधिकारी र प्रिती आलेको स्वर रहेको छ । केसीको लय शब्द रहेको गीत सन्तोष केसी युट्युब च्यानलबाट बजारमा आएको छ । नेपालमा उत्कृष्ट मोडलहरुको अभिनय रहेको गीतको भिडियो पनि निकै मेहनत गरेर बनाइएको छ । –प्रस्तुति अनिल खत्री

प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update