Shittalpati
धार्मिक महोत्सवमा साढे तीन करोड आर्थिक संकलन

कौरव खत्री

बागलुङ, बागलुङ गलकोटकको लक्ष्मीनारायण मन्दिरमा सञ्चालित पञ्चकुण्डीय हवनात्मक साङ्ग लक्ष्मीनारायण महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक महोत्सव धार्मिक महोत्सवमा सकिएको छ । गलकोट नगरपालिका ९ रिस्मी छिस दरबार स्थित लक्ष्मीनारायण मन्दिरमा धार्मिक महोत्सवमा नगद ३ करोड,४८ लाख आर्थिक सहयोग रकम संकलन गर्दै महोत्सव सकिएको महायज्ञ सम्पादन समितिका कोषाध्यक्ष यज्ञप्रसाद सापकोटाले जानकारी दिए ।

५ करोड आर्थिक संकलन गर्ने लक्ष्य सहित धार्मिक महोत्सव गत मंसिर ६ गते देखि शुरु गरिएको धार्मिक महोत्सव सफलता पूर्वक सकिएको महायज्ञ समितिका सचिव ढगिन्द्र सापकोटाले जानकारी दिए । १५ दिनसम्म सञ्चालन गरिएको धार्मिक महोत्सवमा सवाँ करोड बत्ती बाल्ने,सम्पूर्ण धर्म गुरुहरुको उपस्थित तथा सन्तहरुको कुम्भ मेला एंव दैनिक भजनकिर्तन,साँगतिक झाँकी सहितका साँस्कृतिक प्रस्तुतीहरु समेत सञ्चालन गरिएको थियो ।

महोत्सवको अन्तिम दिन पनि चन्दादाता सम्मान एंव विभिन्न क्षेत्रबाट महोत्सवलाई सहयोग पुर्‍याउनु हुने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

२०२५ सालमा स्थापना भएको महोत्सवमा संकलन गरिएको सहयोग रकमले लक्ष्मीनारायण मन्दिर जीर्णोद्धार एवं विविध सेवा सहितको दिव्यधाम बनाउने लक्ष्य रहेको महायज्ञ सम्पादन समितिका अध्यक्ष इन्द्रमणी सापकोटाले जानकारी दिए ।

धार्मिक महोत्सवले लक्ष्मीनारायण मन्दिरलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको वृद्धि विकासमा सहयोग पुर्‍याउने महायज्ञ सम्पादन समितिका उपाध्यक्ष नारायण प्रसाद सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update