Shittalpati
पाल्पामा शीत काव्य समाज गठन, अध्यक्षमा ज्ञवाली

पाल्पा,  शीत काव्य समाज नेपालले शीत काव्य समाज पाल्पा गठन गरेको छ । नेपालले आइतबार तानसेनमा एक कार्यक्रमका बीच समाज गठन गरेको हो । शीतका परिकल्पनाकार पुष्कर अथक रेग्मीले समाज गठनको घोषणा गरेका छन् ।

जसको अध्यक्षमा कवयित्री इन्दिरा ज्ञवाली चयन भएकी छन् । उपाध्यक्षद्वयमा साहित्यकार गोविन्द खनाल र गुणवती केसी, सचिवमा सुशिल बस्याल र कोषाध्यक्षमा जानकी अधिकारी चयन भएको परिकल्पनाकार रेग्मीले जानकारी दिए । उनका अनुसार सदस्यहरूमा आयाम कार्की, सरिता रेग्मी , शोभा कडरिया, पशुपति प्रधान, अम्विका पाण्डे, जमुना घिमिरे र कमल बस्याल रहेका छन् । सल्लाहकारहरूमा साहित्यकार, कलाकार चित्रवलीराम सुवाल, नारायण प्रसाद शर्मा र रमा पन्त रहेका छन् । त्यस्तै समाजको संस्थागत सल्लाहकारमा चन्द्रकान्त न्यौपाने, प्रेस सल्लाहकारमा नवजनचेतना राष्ट्रिय दैनिकका उपसम्पादक रामचन्द्र रायमाझीलाई मनोनयन गरिएको छ । यसैगरी समाजले राष्ट्रिय प्रेस सल्लाहकारको रूपमा तितेपाटी डटकमका सञ्चालक आनन्द आचार्यलाई मनोनयन गरेको छ । शीतका परिकल्पनाकार रेग्मीको अध्यक्षतामा शीत काव्य समाज नेपाल गठन भएसंगै प्रदेश नं १ र बागमती प्रदेशमा प्रदेश समिति गठन भई शीतको प्रचारप्रसारमा लागिपरेका छन् । पाल्पा शीत काव्य समाज गठन हुने पहिलो जिल्ला हो । शीतको जन्म पाल्पामै भएकोले यसको व्यापिकरणमा थप सहयोग पुग्ने विश्वास लिइएको छ ।

 

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update