Shittalpati
श्रृंगारका सामग्री  किन्दै महिला

साउनको आगमनसँगै तानसेनको बैंकरोडका श्रृंगार पसलहरुमा हरियो चुरा, मेहंदी, पोते किन्दै महिला । साउन महिनामा महिलाहरूले विशेष रुचीका साथ हरियो चुरापोते र मेहन्दी लगाउने प्रचलन छ । साउन महिनामा विवाहित तथा अविवाहित महिलाहरुले मेहन्दी र हरियो चुरा लगाउने गरेको पाइन्छ । महिलाहरु हरियो पहिरनमा सजिनुका साथै हरेक सोमबार व्रतसमेत बस्ने गर्छन् । साउन महिना सुरुभएसँगै बजारमा हरियो चुरापेतो र महेन्दी लगाउनेको चहलपहल सुरू भएको छ ।

तस्वीर : कल्पना भट्टराई /नवजनचेतना दैनिक

प्रकाशित मिति: शनिबार, साउन २, २०७८  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update