Shittalpati
गुल्मीको जयखानी क्षेत्र समेटिएको गीत बन्दै

पुरन राजकोटी मगर
गुल्मी (पुर्तिघाट), हाम्रो जयखानी बोलको गीत अन्तिम तयारीमा पुगेको छ । सुदुर पुर्वको कालिगण्डकी नदिको किनारमा अवस्थित दक्ष प्रजापतिको क्षेत्रमा रहेको ऐतिहासिक, धार्मिक र जातजातिको विविधता रहेको यस जयखानीमा धेरै किसिमका मौलिकताले भरिएको सांस्कृतिक, पुरातात्विक र धार्मिक धरोहरहरु रहेका छन् ।

यस्तै धार्मिक सांस्कृतिक र यहाँको सिमित भूमिलाई समेटेर एउटा बिल्कुलै ऐतिहासिक गीत बन्ने भएको हो । जयखानीको समग्र परिचय दिने यो गीत केही समयपछि नै रेकर्डिङ हुने छ ।

साविकको जयखानी ग.बि.स. भित्र पर्ने मुल्पानी, जयखानी र लम्सराङ्गलाई विशेष समेटको यो गीतको रचनाकार जयखानीमा जन्मिएका युवा बौद्धिक व्यक्तित्व हाल कोरिया रहेका केशर दर्लामी मगरले रचना गरेका छन् भने गीतलाई न्यायिक संगीत लय आवाज दिएर सुन्दर बनाउने जिम्मा गुल्मी रिमुवामा जन्मेर गुल्मी लोकतारा सिजन एक को पहिलो बिजेता हुँदै आफ्नो गायन क्षेत्रलाई स्थापित गर्दै आएका लोकदोहोरी गायक तथा सर्जक विष्णु सिञ्जाली मगरले गरेका छन् । गीतको शब्द शब्दमा गाउँ ठाउँको पहिचान रहेको र गीतको यरेञ्ज शब्द अति उत्कृष्ट रहेको गायक सिंजाली ले बताए ।साथै गीत प्रकाशनका लागि गुल्मी जयखानीका यमकुमार दर्लामी मगर, गंगा काउचा मगर,निम दर्लामी मगर, शिव थापा मगर र पुरन राजकोटी मगर लगायतको टिमले सहयोग संकलन गरिरहेको छ । जयखानी मै जन्मिएका तर रुपन्देहीको बेलबासमा बस्दै आएका इन्द्रा छन्त्याल दर्लामीले पनि यो गीत निर्माणका लागि महत्वपूर्ण योगदान पुर्याउदै आएका छन् ।

आर्थिक संकलन किन ?

‘पुरानो भनाइ छ नि आफ्नो गाउँ आफै बनाउँ’ । यो गीत ठाउँ विशेष र गाउँ विशेष रहेको र कुनै व्यावसायिक उद्देश्यको लागि नभएकाले आफ्नो गाउँको गीत आफै बनाउन सकिने अभिप्रयले यो गितको सबै आर्थिक खर्च जयखानीमा जन्मेर देश तथा विदेशमा रहने सबै दाजुभाई दिदिबहिनीहरुलाई अपिल गरिएको छ । केही पैसा उठिरहेको र अझै आर्थिक संकलन कार्य जारी रहेकाले सहयोगको लागि समेत आग्रह गरिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update