Shittalpati
गजल : जन्मनु किन ? मर्न हो ।

मनबहादुर खत्री

इस्मा–२, मैनडाँडा, गुल्मी

 

खोली छ किन ? तर्न हो ।

दुःख छ किन ? पर्न हो ।

 

भावीको लेखा टर्दैन ।

ओराली किन ? झर्न हो ।

 

यो धर्ती, जल, घाम नि

जून छ किन ? सर्न हो ।

 

झरेर तारा लुक्दछ

चिहान किन ? भर्न हो

 

निभ्दछ दियो जलेर

जन्मनु किन ? मर्न हो ।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update