Shittalpati
यसरी सम्झियो साहित्य प्रतिष्ठान पाल्पाले कवि जगतबहादुरलाई

पाल्पा । शिक्षा स्वास्थ तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले एक कार्यक्रमको आयोजना यरी कवि जगतबहादुर जोसीलाई सम्झिएको छ । जोसीको ९४ औँ जन्म जयन्तीको अवसर पारेर प्रष्ठिानले उनको योगदानको चर्चा गर्दै सम्झिएको हो । पाल्पामा जन्मेर राष्ट्रिय स्तरमै परिचित दार्शनिक कवि जोशीले डम्वरेको टालो लगायतका हाते प्रकाशन गर्नुका साथै नेपाली साहित्यको विकासमा पुर्‍याएको योगदानको प्रतिष्ठानले स्मरण गरेको छ । प्रष्ठिानले लकडाउनका बेला भर्चुअल गोष्ठीमार्फत जोशीलाई सम्झिएको हो । गोष्ठीमा विभिन्न जिल्लाका कवि, कवियत्री र साहित्यकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि एंव धवलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजी रोशनले नेपाली साहित्यको श्रीवृद्धिमा जोशीको योगदान महत्वपूर्ण र प्रशंसनिय रहेको बताए । विशिष्ट अतिथि एंव प्रतिष्ठानका संरक्षक डा. प्रकाशराज रेग्मीले जोशीले साहित्यका साथै शिक्षा र राजनीतिको क्षेत्रमा समेत उल्लेखनीय योगदान पु¥याएको स्मरण गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरे ।

कार्यक्रममा पाल्पाबाट पुष्कर अथक रेग्मी, रोहित ज्ञवाली, चन्द्रकान्त न्यौपाने, छविलाल भूषाल, राजेन्द्र गोपाल सिंह, युवराज पौडेल, पुरुषोत्तम अर्याल, गम विक्रम, गोविन्द खनाल, जयदिप जोशी (बुटवल) कमला देवकोटा (काठमाडौँ), निर्मल पराजुली (काठमाडौँ), कल्पना नेपाल (काठमाडौँ), चन्द्रावती अधिकारी (कोहलपुर), उषा अधिकारी (बाँके), जमुना रायमाझी (गुल्मी), गीरिराज डल्लाकोटी (चितवन), गंगा अभिलाषी (रुपन्देही), सीता विष्ट कार्की (काठमाडौँ),आयाम कार्की धातानन्द शर्मा, अनिल बहादुर थापा, खुमा रेश्मी, तारा बराल, क्षितिज नेपाल लगायतका ३२ जना स्रष्टा र द्रष्टाको सहभागिता रहेको थियो । सहभागिताहरुले कवि जोशी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नका साथै प्रतिष्ठानको प्रगतिको कामना सहित सिर्जना वाचन गरेका थिए । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता, रोहित ज्ञवालीको स्वागत, महासचिव चन्द्रकान्त न्यौपानेको सञ्चालनमा भएको थियो । साहित्यकार जोशीकोे निधन वि.सं. २०६८ साल चैत्र २३ गते भएको थियो । प्रतिष्ठानले उनको जन्म जयन्ती समारोह मनाउँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, असार २१, २०७७  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update