आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै
शनिबार, भदौ २७, २०७७
पाल्पामा शुक्रबार समुदायस्तरका थप ११ जनामा कोरोना संक्रमण
शुक्रबार, भदौ २६, २०७७
जिल्लामा शुक्रबार समुदायस्तरका थप ११ जनामा कोरोना संक्रमण देखिएको छ । शुक्रबार देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा तानसेन नगरपालिका २ जना र बगनासकाली गाउँपालिकाका ९ जनामा संक्रमण देखिएको हो ।
लुम्बिनी मेडिकल कलेज पाल्पाका अध्यक्ष पोखरेललाई कोरोना
शुक्रबार, भदौ २६, २०७७
लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पाका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना महामारीका बेलामा पनि अस्पतालमा रहेर जनताको सेवामा सक्रिय रहदै आएका पोखरेलको लुम्बिनी प्रादेशिक प्रयोगशाला बुटवलमा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको हो ।
नेपालमा ७० प्रतिशत संक्रमित निको भए
बिहीबार, भदौ २५, २०७७
नेपालमा संक्रमितको संख्यामा वृद्धि हुँदै गए पनि निको हुनेको दर पनि बढ्दै गएको छ । अहिले सम्म नेपालमा कुल संक्रमितको ७० प्रतिशत संक्रमितहरु निको भएर घर फर्किएका छन् ।
पाल्पामा जनप्रतिनिधि सहित ३० जनामा कोरोना पुुष्टि,तानसेन प्रवेश गर्नेलाई पिसिआर रिपोर्ट अनिवार्य
बिहीबार, भदौ २५, २०७७
पाल्पामा जनप्रतिनिधि सहित ३० जनामा कोरोना भाइरस पुष्टि भएको छ । बुधबार देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ६ जना जनप्रतिनिधिसहित ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट निको भएर घर फर्कनेको संख्या बढ्दै
मंगलबार, भदौ २३, २०७७
पछिल्ला केही दिन यता कोरोना संक्रमणको तुलनामा संक्रमण मुक्त भई घर फर्कनेको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो तीन दिनदेखि संक्रमितको तुलनामा कोरोना मुक्त भई ‘डिस्चार्ज’ हुनेको संख्या बढ्दै गएको हो ।
महामन्त्री डा. कोइरालालाई कोरोना सङ्क्रमण पुष्टि
मंगलबार, भदौ २३, २०७७
नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उनले मंगलबार परीक्षणका क्रममा आफूमा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
कोरोना सङ्क्रमितको उपचार निःशुल्क
मंगलबार, भदौ २३, २०७७
जिल्लामा रहेको सरकारी अस्पताल भरतपुर अस्पतालसहित दुई निजी मेडिकल कलेजमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको उपचार गर्नका लागि सरकारीसँगै निजी अस्पताललाई पनि तोकेको छ ।
पाल्पामा थप चार जनामा संक्रमण, केही स्थानीय तह बन्द
सोमबार, भदौ २२, २०७७
जिल्लामा थप चार जनामा कोरोना संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा आइतवार साँझ र सोमवार गरी तानसेनका एक जना र माथागढीका ३ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तानसेन नगरपालिका ११ घर भई वडा ४ मा बस्ने एक महिलामा संक्रमण देखिएको स्वास्थ्य...
पाल्पामा थप १६ जनामा संक्रमण, संक्रमित मध्ये १२ जना समुदायस्तरका
आइतबार, भदौ २१, २०७७
जिल्लामा थप १६ जनामा संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा माथागढीका ५ पुरुष, रैनादेवी छहराका १ महिला १ पुरुष, बगनासकालीका १ पुरुष, तिनाउँ गाउँपालिकाका ८ पुरुष गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
आइतबार एक हजार ८ सय १४ ले कोरोना जिते
आइतबार, भदौ २१, २०७७
नेपालमा कोरोना निको भएर घर फर्किनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । आइतबार पछिल्लो २४ घण्टामा एक हजार ८ सय १४ संक्रमितले कोरोना जितेर घर फर्किएका हुन् ।
डायलसिस गराउने बिरामीको निःशुल्क पिसिआर परीक्षण
आइतबार, भदौ २१, २०७७
बुटवल उपमहानगरपालिकाले बुटवलमा मिर्गौलाको नियमित डायलिसिस गराउने बिरामीको निःशुल्क पिसीआर परीक्षण सेवा प्रदान गरेको छ । मिर्गौलाको डायलिसिस गराउनुअघि कोभिड संक्रमण भए नभएको यकिन गरिने भएपछि थप उपचारमा सहजता हुने भएको छ ।


