शौचालय जाने क्रममा लडेर सशस्त्र प्रहरीको मृत्यु
मंगलबार, भदौ ९, २०७७

स्याङ्जा जिल्ला अस्पताल पुनः सञ्चालनमा
मंगलबार, भदौ ९, २०७७
गत मंगलबारदेखि सिल गरिएको स्याङ्जा जिल्ला अस्पतालको सेवा आजबाट पुनः सञ्चालन भएको छ । अस्पतालमा उपचार गरिएका जिल्ला कारागारका एक कैदीबन्दीमा कोरोना पुष्टि भएसँगै एक साताका लागि सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालको सेवा आजबाट पुनः सञ्चालन भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सुशील मरासिनीले बताए ।

कोरोना सङ्क्रमित पुरुषको मृत्यु
मंगलबार, भदौ ९, २०७७
रुपन्देहीको गैडहवा गाउँपालिका३ निवासी ५३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । उनको गएराति भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।

नेपालमा कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १ सय ५७ पुग्यो
सोमबार, भदौ ८, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा काठमाडौंका १ महिला, रुपन्देहीमा १ महिला र ३ पुरुषसहित ४ जना, मोरङका १ पुरुष, सुनसरीका १ पुरुष र पर्सामा १ महिलाको कोरोनाबाट मृत्यु...

कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै
सोमबार, भदौ ८, २०७७
समुदायस्तरमा कोरोना फैलिएको पुष्टि भएपछि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको छ । स्वाब संकलन गराएका अधिकांश व्यक्ति रिपोर्ट नआउँदासम्म होम आइसोलेसनमा नबसी हिँडडुल गर्ने गरेको पाइएकोले कन्ट्याक्ट ट्रेसिङको काम जटिल बन्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

मरेका हात्तीमा क्षयरोग देखिएपछि जिउँदोको परीक्षण शुरु
सोमबार, भदौ ८, २०७७
चितवन राष्ट्रिय निकुञ्जका मरेका हात्तीमा क्षयरोगको जीवाणु देखिएपछि जिउँदो हात्तीको आजदेखि नमूना सङ्कलनको काम शुरुआत गरिएको छ । निकुञ्जमा ५९ हात्ती छन् ।

पाल्पामा आइतबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि
आइतबार, भदौ ७, २०७७
जिल्लामा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा तानसेन नगरपालिकाका एक जना र रामपुर नगरपालिकाका दुई जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

बुटवलमा कोरोनाबाट दुई जनाको मृत्यु
आइतबार, भदौ ७, २०७७
कोरोना भाइरस संक्रमणका कारण रुपन्देहीको बुटवलमा दुई जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत २ जनाको आईतबार मृत्यु भएको हो ।

तानसेनमा फेरी देखियो समुदायस्तरमै कोरोना, घरमै बसेकी महिलामा संक्रमण
आइतबार, भदौ ७, २०७७
तानसेनमा थप एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । भैरहवा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा तानसेन नगरपालिका ८ मदनपोखराको पिपलडाडाँकी एक महिलामा कोरोना सक्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या एक सय ४६ पुग्यो
शनिबार, भदौ ६, २०७७
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ६ वर्षीया बालिकासहित थप ९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पाल्पाका ४ सय ८० जनाको पीसीआर परीक्षण गरिएकोमा एक जनामा ‘पोजेटिभ’
शनिबार, भदौ ६, २०७७
जिल्लाबाट पीसीआर परीक्षणका लागि पठाइएका ४ सय ८० जना मध्ये एक जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा रहेर अग्रमोर्जमा काम गर्ने र केही शंकास्पद व्यक्तिहरुको स्वाब संकलन गरि पठाइएकोमा शुक्रबार र शनिबार विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४ सय ७९ जनाको रिपोर्ट नेगेटिभ र एक जनाको...

नेपालमा कोरोनाले उग्र रुप लिँदै ,एकै दिन ११ जनाको मृत्यु भएको पुष्टि
शुक्रबार, भदौ ५, २०७७
नेपालमा कोरोना भाइरस (कोभिड–१९)ले उग्र रुप लिँदै गएको छ । चीनको उहान शहरबाट फैलिएको कोभिड –१९ ले पछिल्लो समय नेपालमा उग्र रुप लिएको हो । सरकारले चैत ११ गते देखि जारी गरेको लकडाउन गत साउन ७ गतेदेखि अन्त्य गरेसँगै नेपालमा कोरोनाको संक्रमण अत्यधिक फैलिएको छ ।

बुधबार थप ६ सय ८१ जनामा कोरोना संक्रमण
बुधबार, भदौ ३, २०७७
नेपालमा कोभिड–१९ पछिल्लो २४ घण्टामा ६ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५ सय २२ जनाको परीक्षण गर्दा ६ सय ८१ जनामा संक्रमण देखिएको हो ।