Shittalpati
संक्रमणबाट बुटवलमा थप दुईको मृत्यु

पाल्पा । पछिल्लो समय रुपन्देहीमा कोरोना संक्रमणबाट दैनिक जसो मृत्यु हुने गरेको छ । बिहीबार पनि बुटवलमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्युहुनेमा रुपन्देहीको सैनामैना– ११ सालझण्डीकी ७७ वर्षीया महिला र प्युठानको स्वर्गद्वारी नगरपालिका–७ का ५८ वर्षीय पुरुष रहेका छन् ।

महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा र पुरुषको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा मृत्यु भएको जनाइएको छ । उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकी ती महिलाको कोरोनासँग मिल्दो लक्षण देखिएपछि बुधबार राति नै पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । यसैगरी कलेजो र फोक्सोमा निमोनियाको समस्या देखिएपछि उपचारका लागि भदौ १० गते मुटु अस्पतालमा भर्ना भएका ती पुरुषको भदौ १६ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update