Shittalpati
कोरोनाबाट महिलाको मृत्यु

रुपन्देही । कोरोना भाइरस सङ्क्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत एक महिलाको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–११ की ६० वर्षीया महिलाको बुधबार बिहान ९ः१५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।

यही भदौ ७ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालको सघन उपचार कक्षमा भर्ना भएकी महिलामा ज्वरो, श्वासप्रश्वास तथा रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ । –रासस

प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update