Shittalpati
रुपन्देहीमा कोरोनाबाट थप एक महिलाको मृत्यु

रुपन्देही । कोरोना भाइरस संक्रमणका कारण थप एक महिलाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–५ की ६८ वर्षीया महिलाको गए राति ९ बजे मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले जानकारी दिए ।

यही भदौ ११ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमै बसेकी महिलालाई स्वास्थ्यमा समस्या आएपछि भैरहवास्थित भीम अस्पतालमा लैजाने क्रममा बाटामै मृत्यु भएको हो । शव अस्पतालमै रहेको नगरपालिकाले जनाएको छ । उनको आजै नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरिने बताइएको छ । – रासस

प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update