Shittalpati
लुम्बिनी मेडिकल कलेज पाल्पाका अध्यक्ष पोखरेललाई कोरोना

पाल्पा । लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पाका कार्यकारी अध्यक्ष गोपालबहादुर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना महामारीका बेलामा पनि अस्पतालमा रहेर जनताको सेवामा सक्रिय रहदै आएका पोखरेलको लुम्बिनी प्रादेशिक प्रयोगशाला बुटवलमा गरिएको पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको हो । उनको अवस्था सामन्य रहेको अस्पताल स्रोतले जनाएको छ । पोखरेल अहिले होम आइसोलेशनमा रहेका छन् । उनलाई कोरोना पोजेटिभ भएपछि अस्पतालमा कार्यरत चिकित्सक, प्राविधिक र अन्य कर्मचारीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा २५ जनाको स्वाब संकलन गरिएको थियो । विहिबार सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update