Shittalpati
कार्यक्रमको समीक्षा गर्दै कार्ययोजनामा जुटे पाल्पाका स्वास्थ्य संस्था
कार्यक्रमको समीक्षा गर्दै कार्ययोजनामा जुटे पाल्पाका स्वास्थ्य संस्था जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले गत आर्थिक वर्षको समीक्षा सुरु गरेको छ । कार्यालय अन्तरगत सञ्चालन भएका विभिन्न कार्यक्रमको प्रभावकारीता र चालु आर्थिक बर्षको योजना बनाउने उद्देश्यसहित सोमबारदेखि समीक्षा गोष्ठि सुरु गरेको हो ।
स्क्रब टाइफसबाट एक महिलाको मृत्यु
स्क्रब टाइफसबाट एक महिलाको मृत्यु जिल्ल्लामा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप भदौ २७ देखि
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप भदौ २७ देखि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एचपीभी खोपको शुभारम्भ परोपकार प्रसूति तथा रोग अस्पतालबाट गर्ने तयारी भइरहेको जानकारी दिए । 
वालिङमा मोतियाविन्दुको शल्यक्रिया सेवा
वालिङमा मोतियाविन्दुको शल्यक्रिया सेवा स्याङ्जाको वालिङ स्थित गह्रौँ प्राथमिक अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया सेवा सुरुआत हुने भएको छ । यसका लागि हिमालय आँखा अस्पताल पोखरा र जिल्ला आँखा उपचार केन्द्रका बीचमा मासिक शल्यक्रिया सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको छ ।
जापानिज इन्सेफ्लाइटिसबाट एकजनाको मृत्यु
जापानिज इन्सेफ्लाइटिसबाट एकजनाको मृत्यु नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँका अनुसार कावासोतीका–२ का ६६ वर्षीय एक महिलाको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको हो । बिरामी भएर भदौ ६ गते चितवनस्थित अस्पतालमा भर्ना भएकोमा उनको भदौ ७ गते मृत्यु भएको हो । 
सुध्रिँदै पाल्पा अस्पतालको सेवा
सुध्रिँदै पाल्पा अस्पतालको सेवा कुनै समय ‘राम्रो उपचार हुँदैन, औषधि पनि पाइदैन, फोहोर र अव्यवस्थित छ’ भन्ने टिप्पणी सहन बाध्य पाल्पा अस्पताल यतिखेर सबैको आकर्षणमा पर्न थालेको छ । व्यापक सुधारपछि व्यवस्थित बन्दै गएकाले यो अस्पताल पछिल्लो समय सबैको नजरमा पर्न थालेको हो ।
पाल्पा अस्पतालको भौतिक पूर्वधारको विकासमा राजनीतिक दलको प्रतिवद्धता
पाल्पा अस्पतालको भौतिक पूर्वधारको विकासमा राजनीतिक दलको प्रतिवद्धता पाल्पा अस्पतालको भौतिक पूर्वाधारको विकासमा आफुहरु प्रतिवद्ध भएर लाग्ने जिल्लाका राजनीतिक दलहरुले बताएका छन् । बुधबार पाल्पा अस्पतालले आयोजना गरेको सर्वदलिय बैंठकमा उनीहरुले स्वास्थ्य जस्तो संवेदनशील विषयमा आफुहरु गम्भीर रहेको बताउँदै सरकारी अस्पतालको भौतिक पूर्वधारको विकासमा आफुहरु प्रतिवद्ध रहेको बताएका हुन् ।
आँखा पाक्ने रोगमा ‘इन्टेरो भाइरस’ सङ्क्रमण धेरै
आँखा पाक्ने रोगमा ‘इन्टेरो भाइरस’ सङ्क्रमण धेरै नेपालमा अहिले देखिएको आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) मा इन्टेरो भाइरस सङ्क्रमण बढी भएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको १० नमूना परीक्षणमा ८० प्रतिशतमा इन्टेरो भाइरस सङ्क्रमण देखिएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए ।
पाल्पामा पनि फैलियो आँखा पाक्ने प्रकोप
पाल्पामा पनि फैलियो आँखा पाक्ने प्रकोप केही दिनयता  पाल्पासहित देशका अधिकांश जिल्लाहरुमा आँखा पाक्ने रोग फैलिरहेको छ । चिकित्सकीय भाषामा यो रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ । प्रायः गर्मी मौसममा बढी फैलिने यो रोगबाट युवायुवती र बालबालिका बढी संक्रमित भएका छन् ।
देशभर डेङ्गु संक्रमण बढ्दै, सतर्कता अपनाउन आग्रह
देशभर डेङ्गु संक्रमण बढ्दै, सतर्कता अपनाउन आग्रह देशभरि डेङ्गुको संक्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेङ्गुको संक्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन् ।
गर्भवतीलाई अल्ट्रासाउण्ड सेवा निःशुल्क
गर्भवतीलाई अल्ट्रासाउण्ड सेवा निःशुल्क बुटवल उपमहानगरपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणका लागि ‘अल्ट्रासाउण्ड’ (भिडियो एक्सरे) सेवा निःशुल्क सुरु गरेको छ । बुटवल उपमहानगरपालिका–९ र ११ का लागि बुद्धनगरस्थित सहरी स्वास्थ्य केन्द्रबाट नगर प्रमुख खेलराज पाण्डेयले सेवा सुरु भएको घोषणा गरेका हुन् ।
Weather Update