सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात
बुधबार, मंसिर १३, २०८०

गुल्मीमा जंगली च्याउ खाएका तीन जना बिरामी
मंगलबार, कात्तिक १४, २०८०
गुल्मीमा जंगली च्याउ खाएर तीन जना बिरामी परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–६ बुल्मका ३९ वर्षीय सरिता कुमाल सोही स्थानका ११ वर्षीय बिमल कुमाल र ८ वर्षीय सुस्मा कुमाल जंगली च्याउ खाएर बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिए...

डेङ्गी सङ्क्रमण नियन्त्रणमा
मंगलबार, असोज २३, २०८०
डेङ्गी भाइरसको सङ्क्रमण कम हुँदै गएको छ । अङग्रेजी महिनामा अगस्त (साउन १६ देखि भदौ १४ गतेसम्म) मा बढेको डेङ्गु सङ्क्रमण सेप्टेम्बर महिना (भदौ १५ देखि असोज १३ गतेसम्म) मा घटेको पाइएको हो ।

पाल्पा अस्पतालमा हाजिर भएको ३ दिनमै डाक्टरको सरुवा
शनिबार, असोज २०, २०८०
हाजिर भएको ३ दिनमै पाल्पा अस्पतालका मेडिकल सुपरिटेन्डन डा. किशोर बञ्जाडेलाई लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले सरुवा गरेको छ । दशौं तहका एम.डि.जि.पि. डा. बञ्जाडेलाई प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनाले गुल्मी जिल्ला अस्पतालमा सरुवा गरेका हुन ।

एक जनाको भरमा स्वास्थ्य बीमा बोर्ड
शुक्रबार, असोज १९, २०८०
बागलुङस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालय एक जना कर्मचारीको भरमा सञ्चालनमा छ । पाँच जनाको दरबन्दी रहेको बोर्ड तीन महिनादेखि एक जना कर्मचारीको भरमा छ । बिहान नौ बजेदेखि सेवाग्राही कार्यालयमा पुग्छन् ।

भूकम्पमा परी घाइते हुनेको प्रदेश सरकारले उपचार गर्ने
बुधबार, असोज १७, २०८०
सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पबाट प्रभावित भई घाइते भएकाको उपचार खर्च व्यहोर्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको सर्वपक्षीय बैठकमा भूकम्पबाट प्रभावितको उद्धार कार्यलाई प्रभावकारी बनाउँदै प्रभावितलाई तत्काल एकद्वार प्रणालीबाट राहत सामग्री वितरण गर्ने निर्णय भएको छ ।

यस वर्षको भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते
बुधबार, असोज १७, २०८०
सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ ।

दाङमा डेङ्गु सङ्क्रमणबाट मृत्यु
सोमबार, असोज १५, २०८०
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ ।

आन्दोलन फिर्ता लिन चिकित्सकलाई स्वास्थ्यमन्त्रीको आग्रह
शुक्रबार, असोज १२, २०८०
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरुलाई आन्दोलन फिर्ता लिन आग्रह गरेका छन् । चिकित्सक र स्वास्थ्यकर्मीमाथि पटक–पटक भएका दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाही गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।
1695899608.jpg)
पाल्पाका चिकित्सकहरु पनि आन्दोलित
बिहीबार, असोज ११, २०८०
सुरक्षाको माग गर्दै देशभरका चिकित्सक आन्दोलित बनेका छन् । पाल्पामा पनि बुधबारदेखि चिकित्सकहरु आन्दोलित भएका छन् । ज्यानको सुरक्षा नभएको भन्दै उनीहरू सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिएका हुन् ।

पाल्पाको पूर्वखोलामा देखियो मलेरिया
बुधबार, असोज १०, २०८०
जिल्लाको पूूर्वखोला गाउँपालिकामा मेलेरिया देखा परेको छ । विगतमा तराइमा लामखुट्टेको टोकाइबाट लाग्ने मलेरिया बिस्तारै लामखुट्टे उकालो लागेसँगै पहाडी जिल्ला पाल्पामा पनि देखिन थालेको हो ।

पाल्पामा डेंगी संक्रमणबाट थप एकको मृत्यु
सोमबार, असोज ८, २०८०
पाल्पामा डेंगी संक्रमणबाट थप एक जनाको मृत्युु भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार सोमबार माथागढी गाउँपालिका– १ चिदीपानी बुढीकोटका ३५ वर्षीय गोविन्द सारुको डेंगी संक्रमणबाट मृत्यु भएको हो ।