वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’
बुधबार, वैशाख १९, २०८१
पाल्पा जेसिजद्वारा रुद्रवेणीधाममा रहेको आश्रममा स्वास्थ्य शिविर
आइतबार, वैशाख १६, २०८१
पाल्पा जेसिज वर्ष २०२४ ले गुल्मीमा रहेको एक आश्रममा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । उसले जिल्लाको सत्यवती गाउँपालिका–१ मा रहेको श्रीराम मन्दिर तार्केश्वर परमानन्द सन्यास आश्रम रुद्रबेणीधाममा पुगेर एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
पाल्पा औलोको जोखिममा, सरकारी लक्ष्य प्राप्तिमा चुनौती
बिहीबार, वैशाख १३, २०८१
पहाडी जिल्ला पाल्पा पनि औलोको जोखिममा छ । सामान्यतया तराईका जिल्लामा बढी देखिने औलोरोग पछिल्लो केही वर्षयता पाल्पामा पनि देखिन थालेको छ ।
पाल्पामा स्वास्थ्य स्वयंसेविकाको सम्मानजनक बिदाइ
बिहीबार, वैशाख १३, २०८१
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाको सम्मानजनक बिदाइ गरेको छ । उसले विहीबार विश्व औलो दिवसको अवसरमा ६० वर्ष उमेर पुगेका स्वयंसेवीकाहरुलाई सम्मान सहित बिदाइ गरेको हो ।
आज विश्व औलो दिवस
बिहीबार, वैशाख १३, २०८१
आज विश्व औलो दिवस विश्वभर विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसका रूपमा मनाउँदै आएका छन् ।
आजदेखि विश्व खोप सप्ताह सुरू
बुधबार, वैशाख १२, २०८१
विश्व खोप सप्ताह आजदेखि सुरु भएको छ । हरेक वर्ष अप्रिल महिनाको अन्तिम हप्तालाई विश्व खोप सप्ताहको विश्वव्यापीकरण खोप समुदायले मनाउने गर्दछन् । यस वर्ष २०२४ को विश्व खोप सप्ताह अप्रिल २४ देखि ३० सम्म विश्वभरि विभिन्न कार्यक्रमहरू गरेर मनाइने गरिन्छ ।
स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
शुक्रबार, वैशाख ७, २०८१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बीमाबारे भ्रामक विज्ञापन तथा सूचना प्रसारणमा भर नपर्न अनुरोध गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै विगत केही दिनदेखि फेसबुकलगायत सामाजिक सञ्जालमा नेपाल सरकारको लोगो प्रयोग गरी स्वास्थ्य बीमाप्रति भ्रामक सूचना फैलिएको भन्दै त्यसमा कुनै सत्यता नभएको जनाएको हो ।
आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै
बिहीबार, वैशाख ६, २०८१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले आज र भोलि पाँच वर्ष मुनिका बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।
मन, बचन, कर्म र शरीरलाई स्वस्थ राख्न दैनिक योग अभ्यास
बुधबार, वैशाख ५, २०८१
अहिले नेपालमा मानिसको जन्मदर घट्दै गएको छ तर विरामी र अस्पताल स्वास्थ्य संस्थाको संख्या दिनहुँ बढ्दै गएको छ । गाउँको सामुदायिक स्वाथ्य केन्द्रदेखि राजधानी काठमाडौं सम्मका ठूला अस्पतालहरुसम्म विभिन्न रोगका विरामीहरुले भरिएका छन् ।
स्वास्थ्य चौकी बनाउन स्थानीयले दिए जग्गा
बुधबार, वैशाख ५, २०८१
स्वास्थ्य चौकी भवन बनाउनका लागि यहाँका स्थानीयले निःशुल्क जग्गा दिएका छन् । स्याङ्जाको भीरकोट नगरपालिका–५ सिम्लेमा स्वास्थ्य चौकी भवन बनाउनका लागि स्थानीयले चार रोपनी आठ आना जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।
ग्वाघा स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा प्रारम्भ
मंगलबार, वैशाख ४, २०८१
जिल्लाको चन्द्रकोट गाउँपालिका–५ मा ग्वाघा स्वास्थ्य चौकीमा प्रयोगशाला (ल्याव) सेवा एक कार्यक्रमका बीच प्रारम्भ भएको छ । ग्वाघा स्वास्थ्य चौकी पश्चात गाउँपालिकामा ल्याव सेवा सञ्चालन भएका वडाहरुको संख्या पाँच पुगेको हो ।
आज विश्व स्वास्थ्य दिवस मनाइँदै
आइतबार, चैत २५, २०८०
विश्व स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज मनाईंदैछ । ‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो । विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओं) को स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन यो दिवस मनाउने गरिन्छ ।


