Shittalpati
दासता व्यवहारबाटै उन्मूलन होस्
दासता व्यवहारबाटै उन्मूलन होस् आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विभिन्न क्षेत्रमा हुने गरेको शोषण अन्त्यका लागि सन्देश प्रवाह गर्न संयूक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष डिसेम्वर २ का दिन यो दिवस मनाउने गरिन्छ ।
औपचारिकतामै सीमित नहोस् एड्स दिवस
औपचारिकतामै सीमित नहोस् एड्स दिवस अंग्रेजी वर्षको प्रत्येक डिसेम्बर एक गते विश्व एड्स दिवसका रूपमा मनाइँदै आइएको छ । आज पनि  नेपालसहित विश्वभर यो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाहा, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जोगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्वर १...
जलवायु सम्मेलनबाट अपेक्षा
जलवायु सम्मेलनबाट अपेक्षा विश्वव्यापी जलवायु परिवर्तनले सिर्जना गरेका बहुआयामिक समस्या समाधान गर्न वार्षिक रूपमा गरिने जलवायु सम्मेलन यस वर्ष बिहीबारदेखि विधिवतरुपमा सुरु हुँदैछ । यूएईको दुबईमा डिसेम्बर १२ सम्म सञ्चालन हुन गैरहेको जलवायु परिवर्तनसम्बन्धी २८ औँ सम्मेलन (कोप–२८) लाई लिएर विश्वभर नै अपेक्षा बढिरहेको छ ।
आस हराएका मान्छेहरु
आस हराएका मान्छेहरु संसारमै आशा र भरोसा सबैभन्दा महत्वपूर्ण पक्ष हुन् । उनीहरु बीचको सम्बन्ध अत्यन्तै सन्निकट र सामिप्यताले भरिपूर्ण हुनुपर्ने हुन्छ । सामाजिक उत्तरदायित्वसँगै उनीहरुका हरेक योजना र क्रियाकलापले दिने परिणामलाई आशाको शुभारम्भ विन्दु मानिन्छ ।
औचित्यहिन आन्दोलन
औचित्यहिन आन्दोलन सत्ता र सडकमा प्रदर्शन गरिरहेका दल/समूह जनआन्दोलनको उद्घोष गरिरहे पनि गन्तव्यमा स्पष्ट छैनन् । हालै मेडिकल व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा गणतन्त्र फ्याँकेर राजतन्त्र स्थापना गर्ने भन्दै सडक आन्दोलन भइरहेका छन्, भने प्रमुख प्रतिपक्ष नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले भने गणतन्त्रविरुद्ध धावा बोलिरहेकाहरूलाई जवाफ दिने उद्देश्यले आन्दोलन गरेको छ...
१६ दिने अभियानको सार्थकता
१६ दिने अभियानको सार्थकता शनिबारदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मका १६ दिन विश्वभर लैंगिक हिंसाविरुद्ध अभियानका रूपमा मनाउने चलन छ ।
अर्थतन्त्र सुधारमा चिन्तन गर
अर्थतन्त्र सुधारमा चिन्तन गर नेपालको अर्थतन्त्र अझै पनि माथि उठ्न सकेको छैन । बाह्य अर्थतन्त्रका सूचकहरू मजबुद हुँदाहुँदै पनि आमनागरिकले आर्थिक अनुभूतिबाट मुक्ति पाएका छैनन् । साना, ठूला व्यापार व्यवसायीको कारोबार उस्केको छैन । उद्योगहरूले उत्पादन वृद्धि गर्न सकेका छैनन् ।
घरबाटै महिला हिंसा अन्त्य गरौं
घरबाटै महिला हिंसा अन्त्य गरौं आजबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई महिलामाथि हुने हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाइने गरिएको छ ।
नेता सुध्रिनुको विकल्प छैन
नेता सुध्रिनुको विकल्प छैन जुलुस र प्रदर्शनका कार्यक्रमले नेपालको राजनीति तरंगित बनिरहेको छ । बिहीबार काठमाडौंमा युवा संघले भ्रष्टाचार, महंगी, अनियमितता र राज्यको अराजकताविरुद्ध र गणतन्त्रको पक्षमा जनप्रदर्शन गर्‍यो भने असंगठित समूहको नेतृत्व गरिरहेका दुर्गा प्रसाईँ समूहले हिन्दुत्व र राजसंस्था पुनःस्थापनाका पक्षमा नाराबाजी गरेको छ ।
‘विना मियोको दाइँ’ गणतान्त्रिक व्यवस्था
‘विना मियोको दाइँ’ गणतान्त्रिक व्यवस्था विधिको शासन कुनै पनि देशको शासन व्यवस्थाको मूल्याकनको महत्वपूर्ण आधार हो, तर विगत केहि वर्ष अगाडिदेखि विधिको शासन स्थापित गरि सुशासनको प्रत्याभूति दिन सरकारहरु असफल भएका छन् । पछिल्लो समय सरकारले जनताको अभिभावकत्व ग्रहण नगरेको आरोप लाग्ने गरेको छ ।
सडकको दुरवस्था सुधार्नेतर्फ ध्यान देऊ
सडकको दुरवस्था सुधार्नेतर्फ ध्यान देऊ पाल्पाको ऐतिहासिक पर्यटकीय स्थल रानीमहल जाने तानसेन–रानीमहल सडक जोखिमपूर्ण बन्दै गएकोे धेरै भइसकेको छ । तर त्यहाँ सरोकारवाला निकायको ध्यान भने पुग्न सकेको छैन । सडक भासिएको, खाल्डाखुल्डी हुनुको साथै ढलको व्यवस्था नहुँदा पानीले हिलाम्मे र चिप्लो हुँदा धराप बन्दै गएको छ ।
पाल्पाका वन र वन उद्यमको सम्भाव्यता
पाल्पाका वन र वन उद्यमको सम्भाव्यता मानव जीवनको सबैभन्दा आधारभूत तत्व के हो ? अक्सिजन । यही तत्वको एकमात्र स्रोत हो, वन जंगल । क्षेत्रफलको दृष्टिकोणबाट तुलनात्मक रूपले सानो भएपनि धरातलीय तथा मौसमी विविधता (वन, वन्यजन्तु, जैविक विविधता, सिमसार, भौगोलिक र जलवायुजन्य)का कारण हामी सम्पन्न छौँ ।
Weather Update