वायु प्रदूषणको कहर
बिहीबार, चैत २८, २०८१

डढेलोबाट वन जोगाऔं
बुधबार, चैत २७, २०८१
हाल सुख्या मौसम भएकोले यतिबेला देशभरीका वनहरुमा आगोलागी हुने क्रम बढेको । फागुनको पहिलो हप्तादेखि देशका विभिन्न भागका वनमा लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । गर्मीयाममा वनमा डढेलो लाग्नु नयाँ विषय होइन । तर, यसवर्ष नेपालको वन क्षेत्रमा लागेको डढेलोका घटना नियन्त्रणमा नआउनु चुनौतीपूर्ण देखिएको छ । मुलुकका धेरै...

शिक्षक आन्दोलनप्रति गम्भीर बन
मंगलबार, चैत २६, २०८१
देशभरका शिक्षकहरु चैत २० गतेदेखि काठमाडौंका सडकमा निरन्तर आन्दोलित छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरु सडकमा उत्रिएका छन् । अध्यादेशमार्फत विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने माग गर्दै उनीहरु आन्दोलनमा छन् ।

स्वास्थ्य दिवसको सार्थकता
सोमबार, चैत २५, २०८१
नेपालसहित विश्वर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज विश्व स्वास्थ्य दिवस मनाईंदैछ । विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन यो दिवस मनाउने गरिन्छ । मानव शरीर स्वस्थ राख्न सचेतना फैलाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।

‘तानसेन सम्पदा संरक्षण समाज’ र यसको दायित्व
आइतबार, चैत २४, २०८१
जहाँ सार्वजनिक सम्पदाहरुलाई सार्वजनिक सम्पति मानेर संरक्षण र सम्वद्र्धन गरिन्छ त्यहाँ सार्वजनिक पहिचान एवं समृद्धिको मार्ग खुलेको देखिन्छ । कतिपय जिल्लाहरुले त आफ्ना सम्पदा नभएमा अन्य जिल्ला वा स्थानसँगको सहकार्यमा संरक्षण, सम्वद्र्धन गर्दै व्यवहारिक उपयोग गरेर आफ्नो जिल्लाको पहिचान बनाएका पनि देखिन्छन् ।

विकास र शान्तिको लागि खेलकुदको भूमिका
आइतबार, चैत २४, २०८१
खेलकुदले सामाजिक परिवर्तन, समुदायको विकास र सबैमा शान्ति र समझदारीको भावना उजागर गर्न महत्वपूर्ण योगदान पुर्याएको हुन्छ । त्यही योगदानको सम्मान गर्दै हरेक वर्षको अप्रिल ६ तारीखको दिन अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस मनाउने गरिन्छ । आज पनि नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ ।

चैते दशैंको सन्दर्भ
शनिबार, चैत २३, २०८१
नवदुर्गा भवानीको उपासना गरी चैते दशैं पर्व आज मनाइँदै छ । दानवी शक्तिमाथि दैवी शक्ति र असत्यमाथि सत्यको विजयस्वरूप देवी भागवत्, कालिका पुराण, चण्डी पाठ गरी चैत शुक्ल अष्टमीका दिन दशैं मनाउने प्रचलन छ । अष्टमीको दिनलाई चैते दशै र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ...

शिक्षकको माग सम्बोधन गर
शुक्रबार, चैत २२, २०८१
देशभरका शिक्षक फेरी काठमाडौं पुगेर आन्दोलनमा उत्रिएका छन् । विद्यालय शिक्षा ऐन जारीको माग गर्दै उनीहरू आन्दोलित भएका हुन् । उनीहरूले ‘विगतमा भएका सम्झौता कार्यान्वयन गर’, ‘शिक्षा ऐन जारी गर,’ हाम्रो माग पूरा गर’,‘शिक्षक पेशालाई सम्मान गर,’ लगायत विभिन्न नारा लगाउँदै प्रदर्शनमा उत्रिएका छन् । नेपाल शिक्षक महासङ्घको अगुवाइमा उक्त...

यौनिक अल्पसंख्यकप्रति गम्भीर बनौं
बिहीबार, चैत २१, २०८१
सामान्यतया कोही व्यक्ति शारीरिक रूपमा पुरुष भएर जन्मिए पनि भावनात्मक र अन्य हिसाबले आफूलाई महिलाका रूपमा मान्छ या कोही शारीरिक रूपमा महिलाका रूपमा जन्मिएर पनि भावनात्मक र अन्य हिसाबमा आफूलाई पुरुष ठान्छ भने उनीहरु लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय भित्र पर्दछन् ।

वि.पी. कोइराला, समाजवाद र सहकारी
बुधबार, चैत २०, २०८१
नेपालको पहिलो लोकतान्त्रिक निर्वाचित प्रधानमन्त्री वि.पी. कोइराला सहकारी र समाजवादका दृढ समर्थक थिए । उनले लोकतान्त्रिक समाजवादको संरचना निर्माण गर्न सहकारीलाई पनि एउटा आधार मानेका थिए विशेषगरी इजरायलको भ्रमणपछि । प्रधानमन्त्रीको रुपमा १८ महिनाको छोटो कार्यकालमा उनले सहकारी विकासलाई प्राथमिकता दिए । इजरायलको सहकारी प्रणालीको गहन अध्ययनपछि नेपालमा पनि इजरायली...

राष्ट्रिय सहकारी दिवसको सार्थकता
बुधबार, चैत २०, २०८१
६८औं राष्ट्रिय सहकारी दिवस आज देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । वि.सं. २०१३ साल चैत्र २० गते चितवनको शारदानगरमा बखान सहकारी स्थापना भएको दिनलाई स्मरण गर्दै दिवस मनाउने गरिएको छ ।

मूर्ख दिवसमा सतर्क रहौं
मंगलबार, चैत १९, २०८१
आज अप्रिल १ । यस दिनलाई विश्वका कयौँ देशमा ‘अप्रिल फूल’ को रुपमा मनाउने गरिन्छ । नेपालीमा ‘मूर्ख दिवस’ भन्ने गरिएको छ । आफ्ना साथीसंगी, छिमेकी तथा परिवारका सदस्यसँग ठट्टा गर्ने, उनीहरुलाई हुँदै नभएको कुरा सुनाएर मनोरञ्जन गर्ने तथा दुःख दिएर मूर्ख बनाउने लगायतका गतिविधि गरेर अप्रिल फूल अर्थात मूर्ख...

यसरी सुधार गरौं गणतन्त्रलाई
सोमबार, चैत १८, २०८१
जनताको शासन व्यवस्था मानिने गणतान्त्रिक शासन व्यवस्था अभ्यासको करीव दुई दशक अवधि पुरा गर्दै गर्दा यसबाट राजनीतिक नेतृत्व र त्यसको वरपर घुमिरहने सिमित कार्यकर्ता बाहेक अधिकाश जनतामा सकरात्मक आशा जगाउन नसकेको कुरामा दुईमत रहँदैन् । जनताको शासन व्यबस्था मानिने गणतन्त्र पनि जनताको शासन व्यवस्था बन्न सकेको देखिदैन् ।