हराउँदै गयो जात्राको रौनक
बुधबार, भदौ १, २०७९
मादकपदार्थ सेवन गरी लडेका श्रेष्ठको मृत्यु
मंगलबार, साउन ३१, २०७९
तानसेन ८, जरेपिपलस्थित सिद्धार्थ राजमार्गमा मादकपदार्थ सेवन गरी लडेका विक्रम श्रेष्ठको मृत्यु भएको छ । मंगलबार बिहान मादकपदार्थ सेवन गरी लडेका २५ वर्षिय विक्रम श्रेष्ठको मृत्यु भएको हो ।
भगवती जात्राको झल्को ‘गणेशको रथयात्रा’
सोमबार, साउन ३०, २०७९
पाल्पाको पुरानो र ऐतिहासिक जात्रा मध्येको एक हो श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा । यो हरेक वर्ष रोपाइँजात्राको भोलिपल्ट मनाइने गरिन्छ । यो विशेष गरी तानसेनका नेवार समुदायले विशेष रुपमा मनाउने गर्छन् । कोभिडका कारण दुई वर्ष केही व्यक्तिहरुको सहभागितामा निकालिएको श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा यस वर्ष भने आइतबार...
पाल्पामा छ हजार बढी मतदाता थपिए
सोमबार, साउन ३०, २०७९
पाल्पा जिल्लामा छ हजारभन्दा बढी मतदाता थपिएका छन् । गत असार १ गतेदेखि साउन १९ सम्म सञ्चालन भएको फोटो सहितको मतदाता नामावली संकलनमा नयाँ मतदाताहरुले नाम दर्ता गराए पछि छ हजार ६ सय ७० नयाँ मतदाता थपिएका हुन् ।
तानसेनमा बाघ जात्रा देखाइयो
आइतबार, साउन २९, २०७९
पाल्पाको सदरमुकाम तानसेनमा बाघ जात्रा देखाइएको छ । प्रत्येक वर्ष रोपाइँजात्राको भोलिपल्ट देखाइने बाघ जात्रा आइतबार देखाइएको हो । सो अवसरमा तानसेनको बजारमा बाघका आकृतिसहितका किशोर तथा युवाले बाजा बजाएर बजार परिक्रमा गरेका थिए । बाघको रुपमा सिंगारिएको मान्छेलाई शिकारीहरुले घेरेको अभियनमा बाघ जात्रा देखाइन्छ ।
पत्रकारहरूलाई मन्त्री रानाको आग्रह– ‘गट्टी जस्तो नबन्नुस्’
बुधबार, साउन २५, २०७९
लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले पत्रकारहरुलाई गट्टी जस्तो नबन्न आग्रह गरेका छन् । मंगलबार नेपाल प्रेस युनियन पाल्पा शाखाले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रानाले पत्रकारहरुलाई गट्टी जस्तो नबन्न आग्रह गरेका हुन् । उनले पछिल्लो समय पत्रकारहरुले गट्टीको जस्तो भूमिका खेलेकाले त्यस्तो...
प्रेस युनियन पाल्पाले गर्यो अधिवेशनमा निर्वाचित पत्रकारलाई सम्मान
मंगलबार, साउन २४, २०७९
नेपाल प्रेस युनियन पाल्पाले साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न भएको नवौं महाधिवेशनमा निर्वाचित भएका पाल्पाका तीन जना पत्रकारहरुलाई सम्मान गरेको छ । युनियनले केन्द्रीय उपाध्यक्ष (काठमाडौं उपत्यका) मा निर्वाचित भएका जीवन भण्डारी, केन्द्रीय उपाध्यक्ष(लुम्बिनी प्रदेश) मा निर्वाचित माधव प्रसाद अर्याल र केन्द्रीय सदस्य( लुम्बिनी)मा निर्वाचित...
असमान तलव वृद्धि सच्याउन माग गर्दै पाल्पाका नासुहरु आन्दोलनमा
मंगलबार, साउन २४, २०७९
तलव वृद्धिमा असमान गरिएको भन्दै असन्तुष्ट पाल्पाका नायव सुब्बाहरु आन्दोलनमा उत्रिएका छन् । हालै सार्वजनिक भएको नयाँ चालु आर्थिक वर्षदेखि लागु हुने गरी नयाँ तलवमानको विषयलाई सच्याउन दवाब दिने उद्देश्यले पाल्पाका नायव सुब्बा सरहका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
पाल्पामा २८ औं विश्व आदिवासी दिवस मनाइँदै
सोमबार, साउन २३, २०७९
नेपालका आदिवासी जनजातिजन्य संघ संस्थाहरुले २८ औं विश्व आदिवासी दिवस मनाउन लागेका छन् । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति पाल्पाको नेतृत्वमा विश्व आदिवासी दिवस मनाउन लागिएको हो ।
इस्माका टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता
शनिबार, साउन २१, २०७९
जिल्लाको इस्मा गाउँपालिकाले टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । पालिकावासीलाई बैंकसम्म जान समस्या परेको जनाउँदै पालिकाले टोलमा पुगेर सो भत्ता वितरण गर्न थालेको हो ।
बगनासकालीको ८७.९ प्रतिशत वित्तीय प्रगति
बिहीबार, साउन १९, २०७९
जिल्लाको बगनासकाली गाउँपालिकाको ८७ दशमलव ९ प्रतिशत वित्तिय प्रगति भएको छ । पालिकालाई आर्थिक २०७८/०७९ मा प्राप्त भएको ५० करोड १२ लाख २० हजार ४ सय ३७ बजेट मध्ये पूँजीगत र चालुतर्फ ८७ दशमलव ९ प्रतिशत वित्तीय प्रगति गरेको हो ।
पाल्पामा ३ अर्ब ३३ करोड बढी बजेट फ्रिज
बुधबार, साउन १८, २०७९
पाल्पामा संघीय र प्रदेश सरकारबाट प्राप्त बजेट मध्ये ३ अर्ब ३३ करोड बढी रकम फ्रिज भएको छ । आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका लागि प्राप्त भएको कूल १४ अर्ब ९७ करोड ६१ लाख ६९ हजार ३ सय २३ बजेट मध्ये ३ अर्ब ३३ करोड ६४ लाख १२ हजार ६ सय...
खिर खाएर मनाइयो साउने पन्ध्र
सोमबार, साउन १६, २०७९
आइतबार घर घरमा खिर खाएर हर्षउल्लासका साथ साउने पन्ध्र पर्व मनाइएको छ । परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता अनुरुप परिवार र आफन्त जमघट भई खिर खाएर यो पर्व मनाइएको हो । विगत दुई वर्ष कोरोना महामारीका कारण सबै जमघट भई साउने पन्ध्र मनाउन नपाएकाहरुले यस...


