पाल्पामा विद्युत् सेवा अवरुद्व हुँदा सेवाग्राही मर्कामा
सोमबार, असार २४, २०८१
‘मेयरसँग बालबालिका’ : भन्छन् ‘प्रविधिमैत्री शिक्षामा नगर सरकारले ध्यान देओस्’
आइतबार, असार २३, २०८१
जिल्लाको रामपुरमा ‘मेयरसँग बालबालिका’ कार्यक्रम अन्तर्गत विद्यार्थीसँग अन्तक्र्रिया गरिएको छ । रामपुर– ६, विजयपुरस्थित दरैठाँटी माध्यमिक विद्यालयको सभाहलमा नगर भित्रका विद्यालयमा अध्ययनरत विद्यार्थी बालबालिकाहरुसँग नगर प्रमुख रमणबहादुर थापाले अन्तक्र्रिया गरेका हुन् ।

परिवार नियोजन संघ पाल्पाको २२ औं साधारण सभा
आइतबार, असार २३, २०८१
नेपाल परिवार नियोजन संघ पाल्पाको २२ औं साधारण सभा तानसेनमा भएको छ । संघले एक औपचारिक कार्यक्रम गरी वार्षिक साधारण सभा गरेको हो । सभाको जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले उद्घाटन गरेका हुन् ।

रामपुरको बजेट संशोधनसहित नगरसभाबाट पारित
शनिबार, असार २२, २०८१
जिल्लाको रामपुर नगर सरकारको नगरसभाले आगामी आर्थिक वर्षका लागि प्रस्तावित वार्षिक बजेट पारित गरेको छ । यही असार ६ गतेको नगरसभा बैठकमा उपप्रमुख बालकुमारी थापाले पेस गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट र आर्थिक विधेयक नगरसभाको बैठकले संशोधनसहित पारित गरेको हो ।

तानसेनमा अपाङ्गता सम्बन्धी कानुनी विषयक गोष्ठी
शनिबार, असार २२, २०८१
जिल्लाको तानसेनमा अपाङ्गता सम्बन्धी कानुनी व्यवस्था विषयक बैठक तथा गोष्ठी भएको छ । राष्ट्रिय अपाङ्गता महासंघको आयोजना, तानसेन नगरपालिकाको सहयोग, द एसिया फाउण्डेसन नेपालको सहकार्य र सिर्जनशील अपाङ्ग स्वालम्बन केन्द्र तानसेनको समन्वयमा बैठक तथा गोष्ठी भएको हो ।

नगरको नीति तथा कार्यक्रममा रचनात्मकता ः नगर प्रवक्ता खाँण
शुक्रबार, असार २१, २०८१
रामपुर नगरपालिकाका प्रवक्ता तथा १ का वडा अध्यक्ष कपिलबहादुर खाँणले नीति तथा कार्यक्रममा रचनात्मकतालाई प्राथमिकतामा राखिएको बताएका छन् । नगर सभाको १५ औं अधिवेशनको दोस्रो बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै उनले आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रममा रचनात्मकतालाई बढी केन्द्रीत गरिएको बताएका हुन् ।

स्याङजामा खोलाले बगाएर एक वृद्धको मृत्यु
शुक्रबार, असार २१, २०८१
स्याङजाको पुतलीबजार नगरपालिका –१ वीरेन्द्रनगरमा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । शुक्रबार विहान वीरेन्द्रनगरस्थित अरौंदी खोलाले बगाएर सोही ठाउँका ७४ वर्षीय तिलबहादुर भुजेलको मृत्यु भएको हो ।
पाल्पामा लागु पदार्थ प्रयोगकर्ता बढ्दो : रोक्न सरोकारवालाहरुसँग छलफल
शुक्रबार, असार ७, २०८१
जिल्लामा लागु पदार्थ प्रयोगकर्ता बढ्दो रहेको एक कार्यक्रममा निष्कर्ष निकालिएको छ । जिल्ला सुरक्षा समितिले आयोजना गरेको सरोकारवालसँगको छलफलमा जिल्लामा लागु पदार्थ प्रयोगकर्ता बढको निष्कर्ष निकालेको हो ।

तानसेनको नीति, कार्यक्रम र बजेट : उत्पादन, उत्पादकत्व र रोजगारी उच्च प्राथमिकतामा
शुक्रबार, असार ७, २०८१
जिल्लाको तानसेन नगर सरकारले नीति, कार्यक्रम र बजेट नगरसभामा पेश गरेको छ । नगर सभाको १५ औं अधिवेशनमार्फत आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम र बजेट पेश भएको हो । शुक्रबार अधिवेशनको पहिलो बैंठकमा नगर प्रमुख सन्तोषलाल श्रेष्ठले १२० बुँदे नीति तथा कार्यक्रम र उपप्रमुख प्रतिक्षा सिंजालीले बजेट पेश गरेका...
रामपुरको नीति, कार्यक्रम र बजेट: उत्पादन वृद्धिलाई प्राथमिकता, ७३ करोड ८५ लाखको बजेट
शुक्रबार, असार ७, २०८१
जिल्लाको रामपुर नगरपालिकाले बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगपालिकाले नगरसभाको १५ औं अधिवेशनमार्फत आव २०८/०८२ को लागि ७३ करोड ८५ लाख ४ हजारको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

बुटवलको डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा
शुक्रबार, असार ७, २०८१
बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा बिहीबार साँझदेखि लागेको आगो नियन्त्रणमा आएको छ । तीन तलाको मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागी झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको हो ।