हवाई उडान अनियमित हुँदा यात्रुहरू समस्यामा
बुधबार, कात्तिक ७, २०८१
चिउरीको दाना पेलेर घ्यूको जोहो गरिँदै
आइतबार, कात्तिक ४, २०८१
गाउँका घरमा भोटेताल्चा लागेका, गाउँ सुनसान तर गाउँको बीचमा रहेको टिनको टहरामा ढिकी कुटेको आवाज एकनासले आइरहेको छ । नजिकै आगो बालेको धुवाँ आइरहेको छ । आगोमाथि कालो भाँडोबाट एकनासले बाफ निस्किरहेको छ । गाउँले धेरैजसो यसरी नै सोही ठाउँमा चिउरीका बिजुला कुट्न र पेल्दै गरेका भेटिए ।
पाल्पाका पर्यटकीय स्थलहरुको प्रचार–प्रसार गर्न तानसेनका युवाहरुको सक्रियता
आइतबार, कात्तिक ४, २०८१
पाल्पा आफैमा पर्यटकीय जिल्ला हो । यहाँ थुप्रै ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरु रहेका छन् । तर प्रचार–प्रसार र संरक्षणको अभावका कारण पाल्पा पर्यटकीय क्षेत्रको रुपमा पछाडी परेको छ । माल पाएर चाल नपाएको भने जस्तै जिल्लामा प्रसस्त मात्रमा ऐतिहासिक सम्पदा, कलाकृतिहरु र सौन्दर्यता बोकेका स्थलहरु भए पनि वेवास्ताका कारण...
दाङमा सर्प महोत्सव हुँदै
शुक्रबार, कात्तिक २, २०८१
दाङमा सर्प महोत्सव हुने भएको छ । मानिस र सर्पबीचको द्वन्द न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले यही कात्तिक ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
लुम्बिनीमा तीनमहिने धर्मदेशना वर्षाबास
बिहीबार, कात्तिक १, २०८१
बुद्ध जन्मस्थल लुम्बिनीमा तीनमहिने वर्षाबास तथा धार्मक अनुष्ठानको आज समापन भएको छ । राजकीय बुद्ध विहारमा आयोजित कार्यक्रममा विहारका संरक्षक भिक्षु सागर धम्मले धर्मदेशनासहित वर्षाबासको समापन गरे ।
बिपी कोइराला मेमोरियल कप भैरहवामा हुने
बिहीबार, कात्तिक १, २०८१
बिपी कोइराला मेमोरियल कप, टी(२० क्रिकेट प्रतियोगिता २०२४ को भैरहवामा आयोजना हुने भएको छ । दक्षिण एसियाली चार वटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका बंगलादेश र नेपालसहित पाँच देशका प्रथम श्रेणीका खेलाडीको सहभागितामा प्रतियोगिता आयोजना हुन लागको हो ।
बजारमा भिड छ, व्यापार छैन
बुधबार, असोज २३, २०८१
पाल्पासहित देशैभरका विभिन्न शहरमा दसैंको चहलपहल बढेको छ । लत्ताकपडा, खाद्यान्नदेखि सवारी साधन किनबेच हुने हुँदा दसैं व्यापार–व्यवसाय गर्नेहरुका लागि सबैभन्दा ठूलो सिजन हो ।
विरामीलाई आर्थिक सहयोग
बुधबार, असोज २३, २०८१
नारायण युवा क्लव तानसेन र अमर नारायण कभर्डहल व्यवस्थापन समितिले विरामीलाई आर्थिक सहयोग गरेका छन् । क्लवका सदस्य रमेश रजाककी आमा कमला रजाकको श्वास्प्रश्वासमा समस्या भई आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि क्लव र कभर्डहल समितिले रकम संकलन गरी आर्थिक सहयोग गरेका हुन् ।
प्रेस चौतारी पाल्पाले शितलपाटीकर्मी पोखरेलसहित ८ पत्रकारलाई पुरस्कृत गर्ने
आइतबार, असोज २०, २०८१
प्रेस चौतारी नेपाल पाल्पा शाखाले वार्षिक रुपमा वितरण गर्दै आएको प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट शितलपाटी डटकमका पाल्पा संवाददाता कृष्ण पोखरेलसहित ८ जना पत्रकारहरु लाई पुरस्कृत गर्ने भएको छ । शाखाले विजय दशमी, शुभ दिपावली नेपाल संवत, छठ पर्वको अवसरमा शुभकामना आदानसँगै पुरस्कार घोषणा कार्यक्रम गरी पुरस्कृत हुने पत्रकारहरुको नाम सार्वजनिक...
दसैंमा रातो माटो र कमेरोले पोतिन छोडे गाउँका घर
आइतबार, असोज २०, २०८१
केही वर्ष अगाडिसम्म पाल्पा र गुल्मीका ग्रामीण क्षेत्रमा जब दसैं शुरु हुन्थ्यो, तब गाउँमा घर रङ्गाउने चटारो हुन्थ्यो । बारीमा रहेको रातोमाटो र सेतो कमेरो निकाल्न भ्याइनभ्याइ हुन्थ्यो । गाउँघरका मुलबाटो, गोरेटो खन्न गाउँभरीका मानिसहरु जमघट हुन्थे । दाउरा संकलन गर्थे । सेल रोटी पकाउन र मासुका लागि स्कुल बिदा...
तानसेन खानेपानीको सेवा नयाँ कार्यालयबाट
बिहीबार, असोज १७, २०८१
तानसेन खानेपानी उपभोक्ता समितिले आफ्नो सेवा नयाँ कार्यालयबाट दिन थालेको छ । समितिले विहीबारदेखि पहिलेको ठाउँबाट केही तल तानसेन –३ भगवती टोलस्थित पहिलेको मोनिका गेष्ट हाउस र हालको होटल तानसेन सिटी भएको घरबाट सेवा दिन थालेको हो ।
माउन्ट भ्यालीमा टिका र जमरा लगाइदिएर विद्यार्थीलाई दसैं छुट्टी
बुधबार, असोज १६, २०८१
जिल्लाको माथागढी गाउँपालिकाको सराइमा रहेको माउण्ट भ्याली इङ्गलिस स्कूलले निधारमा टिका, हातमा दक्षिणा र कानमा जमरा लगाइँदिदै विद्यार्थीलाई दसैं छुट्टी दिएको छ । नेपालीहरुको महान चाड बडा दसैं नजिकै जादाँ स्कुलले शिक्षक, कर्मचारीहरुबिच टिका जमरा लगाएर शुभकामना आदान–प्रदान गरी दसैं छुट्टी गरेको हो ।


