Shittalpati
पाल्पामा दुई पालिकाको आयोजनामा सुन्तला महोत्सव हुँदै
पाल्पामा दुई पालिकाको आयोजनामा सुन्तला महोत्सव हुँदै पाल्पामा दुई पालिकाको आयोजनामा सुन्तला महोत्सव हुुन लागेको छ । पश्चिम पाल्पाका रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको संयुक्त आयोजनामा मंसिर २२ र २३ गते महोत्सव  हुन लागेको हो ।
पढ्दै, कमाउदै रीता
पढ्दै, कमाउदै रीता पढ्नमा मेहनती र लगनशील रहेकी उनी आफ्नो पढाइ खर्च सुुन्तला बेचेरै जुटाउँछिन् । दैनिक दिउँसो, साझाँ सडक छेउको मन्दिरको पेटीमा सुुन्तला बेचेर आफूसँगै तीन बहिनीलाई समेत उनले पढाउने गरेकी छन् ।
तानसेनमा न्यू होराजन प्रदेशस्तरीय हाजिर जवाफ
तानसेनमा न्यू होराजन प्रदेशस्तरीय हाजिर जवाफ तानसेनमा न्यू होराइजन प्रदेशस्तरीय हाजिरजवाफ प्रतियोगिता  भएको छ । न्यू होराइजन आवासीय मावि  बुटवल को आयोजनामा ३१ औं न्यू होराइजन प्रदेशस्तरीय  हाजिर जवाफ प्रतियोगिता तानसेन  केन्द्रमा भएको हो ।
रैनादेवीमा सञ्चालित दुई दिने न्वागी उत्सव सकियो 
रैनादेवीमा सञ्चालित दुई दिने न्वागी उत्सव सकियो  पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका –३ भुवनपोखरी रैनादेवी मन्दिर परिसर गोखुङ्गामा सञ्चालित दुई दिने न्वागी उत्सव सकिएको छ ।
खानी उद्योग प्रकरण : वन मुद्दा लागेका १९ प्रतिवादी धरौटीमा रिहा, दुई कम्पनी अदालतमै आएनन्
खानी उद्योग प्रकरण : वन मुद्दा लागेका १९ प्रतिवादी धरौटीमा रिहा, दुई कम्पनी अदालतमै आएनन् पाल्पामा सञ्चालित चार चुनढुंगा खानी उद्योगविरुद्धको मुद्दामा दुई उद्योगसहित १९ जना सञ्चालक धरौटीमा रिहा भएका छन् । गैरकानुनी रूपमा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी चुनढुंगा खानी उत्खनन् गरेको कसुरमा जिल्ला अदालत पाल्पामा दायर भएका मुद्दाका दुई कम्पनीसहित १९ प्रतिवादीलाई जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
पाल्पा दरबार संग्रहालय २४ सै घण्टा उज्यालो
पाल्पा दरबार संग्रहालय २४ सै घण्टा उज्यालो लुम्बिनी प्रदेश सरकार मातहतमा रहेको पाल्पाको ऐतिहासिक पाल्पा दरबार संग्रहालयलाई २४ सैं घण्टा उज्यालो बनाइएको छ । वैकल्पिक उर्जाको व्यवस्था गरिएसँगै संग्रहालयलाई जुनसुकै बेला पनि उज्यालो हुने बनाइएको हो ।
भैरहवाबाट एकैदिन तीन अन्तर्राष्ट्रिय उडान
भैरहवाबाट एकैदिन तीन अन्तर्राष्ट्रिय उडान नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भए पनि अन्तर्राष्ट्रिय विमान पर्खिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आज तीन विमानले उडान भरिरहेका छन् । विमानस्थल सुरु भएदेखि नै उडान सुरु गरेको जजीरा एयरलाइन्सले स्थगित गरेको उडान आजदेखि फेरी सुरु गरेको छ । आज एक सय ७१ यात्रु लिएर आएको जजीरा एक बालकसहित एक सय ६८...
दाङमा सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन, विपन्न नागरिकले पाए उपचार
दाङमा सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन, विपन्न नागरिकले पाए उपचार दाङको शान्तिनगर गाउँपालिका–५ का ६० वर्षीय शोभाराम खत्री ढाड दुख्ने समस्याबाट पीडित थिए । अत्यधिक ढाड दुखाइ भएपछि उनी शुक्रबार आफ्नै गाउँमा नेपाली सेना रणसिँह दल गणले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा उपचारका लागि पुगे ।
भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडितलाई सहयोग
भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडितलाई सहयोग देउसी भैलो खेलेर सङ्कलन गरिएको रकम क्यान्सरपीडित बिरामीलाई उपचार गर्न सहयोग गरिएको छ । घोराही उपमहानगरपालिका–१० को प्रकृति लोक सांस्कृतिक क्लबले तिहारका अवसरमा भैलो खेलेर सङ्कलन गरेको एक लाख क्यान्सरपीडित गौमती थापाको उपचारका लागि सहयोग गरेको हो ।
नेतृत्वलाई युवाको  प्रश्न : खै विदेश जानबाट युवालाई रोक्ने योजना ?
नेतृत्वलाई युवाको  प्रश्न : खै विदेश जानबाट युवालाई रोक्ने योजना ? पाल्पाका युवाहरुले स्थानीय तहहरुका प्रमुखसँग विदेश जानबाट युवालाई रोक्ने योजना के छ भनेर प्रश्न गरेका छन् । शुक्रबार पाल्पा जेसिजले तानसेनमा आयोजना गरेको स्थानीय तह र युवाबिच ‘युवाको प्रश्न नेतृत्वसँग’ विषयक खुला बहस कार्यक्रममा सहभागी युवाहरुले विदेश जानबाट रोक्ने योजनाका बारेमा नेतृत्वसँग प्रश्न गरेका हुन् ।
तानसेनमा ‘स्थानीय तह र युवाबिच ‘युवाको प्रश्न नेतृत्वसँग’ विषयक खुला बहस –(लाइभ)
तानसेनमा ‘स्थानीय तह र युवाबिच ‘युवाको प्रश्न नेतृत्वसँग’ विषयक खुला बहस –(लाइभ) तानसेनमा ‘स्थानीय तह र युवाबिच ‘युवाको प्रश्न नेतृत्वसँग’ विषयक खुला बहस
पाल्पाका युवाहरुको सक्रियता
पाल्पाका युवाहरुको सक्रियता पाल्पाका युवाहरुको सक्रियतामा आज जिल्लामा दुई महत्वपूर्ण कार्यक्रम हुन लागेका छन् । जेसिज र साइक्लिङ संघमा आवद्ध युवाहरुले छुट्टाछुट्टै ऐतिहासिक कार्यक्रम गर्न लागेका हुन् ।
Weather Update