Shittalpati
घर छन्, मान्छे छैनन्

पाल्पाको तानसेन नगरपालिका –५ अर्चलेमा रहेको खाली घर । मानिसहरु बसाइँसराइ गरी शहर पसेपछि यहाँ खाली घर मात्र छ । अर्चलेका अधिकांस घरहरु बसाइँसराइका कारण खाली छन् । अहिले खाली भएका घरहरुको छानामा झार उम्रेका छन् ।

आँगनमा हरियो लेउ, झाडी देखिन्छ । खनजोत गरेर उब्जाउ हुने बारीका पाटाहरु जंगल जस्तो भएका छन् । यो अवस्था अर्चलेको मात्र होइन सिंगो पाल्पाका अधिकांस ग्रामीण क्षेत्रहरु यति बेला खाली छन् । सुविधा र अवसरको खोजीमा शहर वा तराईमा बसाइँसराइ बढेपछि यहाँका घरहरु खाली भएका हुन् । गाउँमा तीव्र गतिमा विकास हुन थाले पनि यहाँका ग्रामीण बस्तीहरू रित्तिँदै जान थालेका छन् । अहिले हरेक गाउँमा यातायात, बिजुली, खानेपानी, शिक्षा र स्वास्थ्य र सञ्चारमा समेत सुविधा बढ्दै गएको छ। तर, गाउँबाट सहर झर्नेहरू घटेका छैनन् । गाउँघरमै सिंहदरबार र दैलोमा स्थानीय सरकारको नारा चलिरहे पनि पहाडी जिल्लामा स्थानीय सरकारलाई पुरानो थाकथलो छोडेर शहर र तराईमा बसाइँसराइ गरेर जाने प्रवृत्ति रोक्न चुनौती बनेको छ । तस्वीर: रामचन्द्र रायमाझी/एनजेडी

प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update