Shittalpati
रैनादेवी छहरामा आफ्नै घरको आगनमा लडेर एक महिलाको मृत्यु

पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा आफ्नै घरको आगनमा लडेर एक महिलाको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका –५ मुझुङकी ५९ वर्षीया गीता घर्ती मगर आफ्नै घरको आगनमा लडेर घाइते भएकी थिइन् । घाइते उनको स्थानीय स्वास्थ्य चौकीमा लगिएकोमा मृत्यु भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update