Shittalpati
नेपाल टेलिकमको ब्याट्री चोरी गर्ने पक्राउ

गुल्मी, नेपाल टेलिकमको ब्याट्री चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । चोरी गर्ने बुटवल उपमहानगरपालिका –११ प्रगतीनगरस्थित भाडमा बस्ने बर्ष ३१ को सचेन्द्र कुमार गौतम भन्ने सत्यन्द्र कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताए ।

प्रहरीले चोरी गरी लगेको भन्ने गोप्य सूचनाका आधारमा बुटवल प्रगतीनगरस्थित निजको कोठबाट व्याट्रीहरु बरामत गरेको थियो । जिल्लाको धुर्कोट गाउँपालिका –६ धुर्कोटकोटमा रहेको पुरानो टावरबाट ४८ वटा चोरी भएको भनि नेपाल टेलिकम दुरसञ्चार कार्यालय तम्घास गुल्मीले प्रहरीलाई पत्र पठाएको थियो । उक्त पत्रको आधारमा चोरी गर्ने व्यक्तिको पहिचान गरी प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

चोरी गर्ने व्यक्तिलाई पक्राउ गरी जिल्ला अदालतलबाट म्याद थप गरी घटनाको बारेमा थप अनुसन्धान भईरहेको (एसपी) भट्टराईले बताए । गौतमले चोरी गरी लगेका ब्याट्रीहरु भारतमा महंगो मूल्य पर्ने भएकाले बिक्री गर्न लैजादै गरेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

 

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update