Shittalpati
सहमती पछि सिजी सिमेन्ट उद्योगमा लगाइएको ताला खुल्यो

भुवन रायमाझी

पाल्पा(छहरा), जिल्लाको रैनादेवी छहरा गाउँपालिका २ सोमादीमा निर्माणाधीन सिजी सिमेन्ट उद्योगमा केही दिन अघी लगाईको ताला खुलेको छ । उद्योगले धूलोधूवा गराएको, तीब्र गतिमा टिपर चलाएको, आइ युके कम्पनीका कामदारले जथाभावी फोहोर गरेको, वातावरणीय प्रदुषण बढाएको भन्दै स्थानीयले उद्योगमा लगाएको ताला सरोकारवाला र कम्पनी बीच सहमती भई ताला खुलेको हो । ताला सहमती भएपछि मंगलबार राती १ बजेबाट खोलिएको छ ।

स्थानीयले ताला लगाएपछि उद्योगको काम ४ दिनसम्म ठप्प भएको थियो । सरोकार वाला निकाय र कम्पनी बीच माग पुरा गर्न सहमती भए पछी ताला खुलाइएको स्थानीयले बताएका छन् । स्थानीय बासिन्दाले धुलोधूवा“ गराएको, तीब्र गतिमा टिपर चलाएको, आइयुके कम्पनीका कामदारले जथाभावी फोहोर गरेको, वातावरणीय प्रदुषण बढाएको आरोपमा तालाबन्दी गरिएको स्थानीयवासी यादव घर्तीले बताए । केही दिनअघि पनि यही विषयमा स्थानीय बासिन्दा, जनप्रतिनिधि, कम्पनीबीच छलफल भएको थियो ।

समिति निर्माण गरेर वार्ता गर्ने र समस्या समाधान गर्ने भन्ने निष्कर्षमा पुगी स्थानीयलाई जागीर दिने आश्वासन दिए पनि अहिलेसम्म भने अनुसार काम नगरेको, मनोमानी फोहर गर्ने गरेको अर्को स्थानीय दिपक पाण्डेको भनाई छ । गौरवको यती ठूलो कम्पनी गाउँमा आउँदा स्वोरागार हुने कुरामा खुसी भएका स्थानीयहरुले कम्पनीले आजसम्म पनि कुनै माग सम्बोधन नगरेको स्थानीय युवा क्लवका अध्यक्ष राजु पोखरेलले बताए । एनजेडीका संवाददाता कम्पनीका महाप्रबन्धक कल्याण पन्तलाई ताला बन्दी गरेका विषयमा कार्यलयमै पुगेर समस्या बुझ्ने प्रयास गर्दा सो विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन् ।

प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update