Shittalpati
तानसेन नगरपालिकाको छैठौं नगरपरिषद्, सार्वजनिक महत्वका पाँच विधेयक संसोधन प्रस्ताव पेश

कृष्ण पोखरेल
पाल्पा तानसेन नगरपालिकाको छैठौ नगरपरिषद शुरु भएको छ । हिउदे अधिवेशनको रुपमा हेरिएको छैठौ नगरपरिषदमा सार्वजनिक महत्वका ५ विधेयक तथा कार्यविधी संसोधन प्रस्ताव पेश गरिएको छ । छैठौ अधिवेशनमा विनियोजन विधेयक २०७६ को पहिलो संसोधन, सार्वजनिक निजी साझेदारी ऐन २०७५ को पहिलो संसोधन २०७६, शिक्षा विधेयक २०७६, न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने ( कार्यविधी सम्वन्धी) ऐन पहिलो संसोधन विधेयक २०७६, नगर प्रहरी विधेयक २०७६, स्थानीय बजार व्यबस्थापन तथा अनुगमन विधेयक २०७६ प्रस्तुत गरिएको छ ।


अधिवेशनमा पाँचौ नगरसभाबाट पारित भएका निती तथा कार्यक्रमको ६ महिनाको अवधिमा भएका गतिविधीको समिक्षा गर्दै पारित भएको छ भने सभामा मगर संस्कृती संग्रहालय निर्माणको लागी संकल्प प्रस्ताप, न्यायिक समितिले सम्पादन गरेका कृयाकलाप, खर्चको मापदण्ड सम्वन्धी निर्देशिका २०७४ को दोस्रो संसोधन २०७६, प्रस्ताव पेश तथा योजना संसोधन प्रस्ताव पेश गरिएको छ ।
चालु आर्थिक बर्षमा पुजीगत तर्फ ४४ करोड ८४ लाख ३९ हजार ६ सय रुपैया विनियोजन भएको ६ महिनाको अवधीमा १ करोड ६१ लाख ९९ हजार ६ सय ७९ रुपैया मात्र खर्च भई ३.६१ प्रतिशत मात्र वित्तिय प्रगती देखिएको र चालु तर्फ ५७ करोड ९ लाख ३५ हजार ४ सय बजेट विनियोजन भएकोमा पुश मसान्त सम्म २५ करोड ८७ लाख ३० हजार ५ सय खर्च भई ४५.३१ प्रतिशत प्रगती देखिएको छ ।


कार्यालयको आर्थिक बर्ष २०७४ ०७५मा २ करोड ७५ लाख १० हजार २ सय २९ रुपैया बेरुजु भएकोमा ७७ लाख १४ हजार ८ सय ९६ रुपैया सम्परीक्षण गरी १ करोड ९७ लाख ९५ हजार बेरुजु देखिएको छ । आ.व ०७५ ०७६मा प्रारम्भीक प्रतिवेदनमा १७ करोड ४३ लाख ३ हजार ५ सय ९३ बेरुजु देखिएकोमा १७ करोड ४३ लाख ३ हजार ५ सय ९३ रुपैया फर्छाैटको लागी पक्रिया अगाडी बढाएको कार्यालयले जनाएको छ । नगरसभामा नगर उपप्रमुख लक्ष्मीदेवी पाठकले विनियोजन विधेयक २०७६ पहिलो संसोधन पेश गरेकी थिईन भने नगर प्रवक्ता दामोदर घिमिरेले अर्धवार्षिक निती तथा कार्यक्रमको प्रतिवेदन पेश गरेका थिए । नगर प्रमुख अशोक कुमार शाहीको सभापतित्वमा भएको नगरसभाको सञ्चालन सामाजिक विकास अधिकृत भरत आचार्यले गरेका थिए ।

 

प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update