Shittalpati
पाल्पाको बराङ्दीमा ग्यास सिलिण्डर पड्किँदा एक जना घाइते

पाल्पा, पाल्पाको बगनासकाली गाउँपालिका– ८ बराङ्दीमा ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते भएका छन् । बराङ्दीस्थित फलालेका ज्योतिनाथ घिमिरेको घरमा ग्यास सिलिण्डर पड्किँदा ५२ वर्षीया पम्फा घिमिरे घाइते भएकी हुन् ।

स्थानीय पत्रकार दयाराज न्यौपानेका अनुसार आज विहान घिमिरेले खाना पकाउने क्रममा अकस्मात सिलिण्डर पड्किएको थियो । घाइते घिमिरेको सामान्य चोट लागेको पत्रकार न्यौपानेले जानकारी दिए । घरमा पनि क्षति पुगेको छ । समयमै थाहा पाएपछि स्थानीयले ठूलो क्षति हुनबाट जोगाएका छन् ।

घटना भएको जानकारी थाहा पाउन साथ प्रहरी टोली घटानास्थलतर्फ पुगेको छ । घटनाको सम्पूर्ण विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update