Shittalpati
स्याङ्जामा गोरू काट्ने पक्राउ

पाल्पा, स्याङ्जाको पुतलीबजार नगरपालिका –१२ पेल्काचौर सिम्लेमा  गोरू काट्ने एक जना पक्राउ परेका छन् ।  गोरु काटेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटेको  प्रहरी टोलीले सोही ठाउँका ४० वर्षीय टेक भन्ने डम्बर बहादुर गुरूङलाई पक्राउ गरेको हो ।

गुरुङले पालेको गोरुलाई आफ्नै घर नजिकै बारीमा लगि फलामको घन समेतले टाउकोमा प्रहार गरी मारी मासु काटी टुक्रा टुक्रा बनाई आफ्नो घरको आगनमा ल्याई त्रिपाल भित्र बेरी लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको  जिल्ला प्रहरी स्याङ्जाले जनाएको छ । उनी तत्काल फारर रहेकोमा खोजतलास गर्दै जाँदा पेल्काचौर लुकिछिपी बसेको अवस्थामा  प्रहरीले फेला पारेको थियो । उनलाई पक्राउ  गरी पशुपक्षी सम्बन्धि कसूर मुद्धा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update