Shittalpati
गाई मारेको आरोपमा एक जना पक्राउ

कपिलवस्तु, कपिलवस्तुमा गाई मारेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले शिवराज नगरपालिका २, हरहवा बस्ने ५२ वर्षका फरहान खानलाई पक्राउ गरेको हो ।

जिल्लाको महाराजगंज नगरपालिका –६ सानो बुटहनिया स्थित उखु बारीमा २ वटा नीलगाई मारेको आरोपमा ६ राउन्ड गोली सहित उनी पक्राउ परेका छन् । आइतबार मध्यरातमा स्थानीयले गोली पडकेको आवाज सुने लगत्तै प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा प्रहरीको टोलीले खाँनलाई गोली सहित पक्राउ गरेको हो ।

सिकार खेल्न १०÷१२ जना गए पनि प्रहरी देखेपछि नीलगाई मार्न प्रयोग गरिएको बन्दुकसहित अन्य फरार भएका थिए । पक्राउ परेका खानलाई गौतमबुद्ध डिभिजन वन कार्यालय, चन्द्रौटामा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सकारले निलगाईलाई संरक्षित वन्यजन्तुको सुचीमा राखेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update