Shittalpati
रामपुरमा प्रधानमन्त्री रोजगार सम्बन्धी अभिमुखिकरण

पाल्पा, जिल्लाको रामपुर नगरपालिकामा रामपुर प्रधानमन्त्री रोजगार सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । नगर सरकारको आयोजनामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामको पारिश्रमिकमा आधारित सामुदायिक आयोजना तथा युवा रोजगारीको लागि रुपान्तरण पहल आयोजना सञ्चालन सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख रमणबहादुर थापाले प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी नभएको भन्दै अब कार्यक्रम परिमार्जन गरेर जानुुपर्नेमा जोड दिए । उनले रोजगार कार्यक्रमको सही सदुपयोग हुन नसकेकाले परिमार्जन गर्नु अहिलेको आवश्यक रहेको औँल्याए । रोजगार कार्यक्रम आयआर्जनमुलक र सिपमुलक हुनु पर्नेमा नगर प्रमुख थापाले जोड दिए । संघीय सरकारबाट आएको बजेटमार्फत सञ्चालन हुने रोजगार कार्यक्रम स्थानीय सरकारंसँग समन्वय र लागत सहभागितामा सञ्चालन गर्ने गरी दीर्घकालिन योजना बनाएर अगाडि बढ्न सके बढी प्रभावकारी हुनेमा उनले उल्लेख गरे ।

नगर भित्रका हरेक वडाले बेराजगार सुचिमा सुचिकृत भएका बेरोजगार युवाहरुको सहभागितामा उत्कृष्ट काम गर्न थापाले आग्रह गरे । कार्यक्रममा नगर उपप्रमुख बालकुमारी थापाले वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्दा यसको प्रभावकारिताका लागि वडा अध्यक्ष र वडा सचिवको मुख्य भूूमिका हुने भएकाले सही योजना र जनशक्ति छनौट गर्नु पर्ने बताईन् । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन , रोजगार सम्बन्धी संवैधानिक व्यवस्था,रोजगारीको अवस्था,आयोजना छनौट लगायतका विषयमा सहजिकरण गरेका थिए । कार्यक्रममा रामपुर नगरपालिका भित्रका वडा अध्यक्ष र वडा सचिवहरुको सहभागिता रहेको थियो । नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षता, उपप्रमुख बाल कुमारी थापाको स्वागत र सूूचना प्रविधि शाखा प्रमुख महेन्द्र श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update